गुरुङले दिए स्वास्थ्यकर्मीलाई मास्क र पानी

समाधान संवाददाता
युवा पर्यटन व्यवसायी तथा युवा संघ नेपालका केन्द्रिय सदस्य महेन्द्र गुरुङले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीका लागि मास्क र पानी प्रदान गरेका छन् ।
कोरोना भाइरसको उपचारमा संलग्न स्वास्थ्यकर्मीका लागि अति आवश्यक पर्ने पर्ने एन–९५ मास्कको अभाव भैरहेका बेलामा गुरुङले शुक्रबार ५० थान एन–९५ मास्क र सय कार्टुन मिनरल वाटर प्रदान गरेका हुन ।
ती सामाग्री बुझ्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले पानी र मास्क स्वास्थ्यकर्मीका लागि अत्यावश्यक थियो भन्दै सहयोग गरेकोमा धन्यवाद दिए ।
युवा व्यवसायी गुरुङले आफ्नो सानो सहयोगले अरुलाई पनि सहयोग गर्नका लागि प्रेरित गरोस भनेर समाग्री हस्तान्तरण गरेको बताए ।
‘यत्रो विपत्तीको बेलामा यो खास ठुलो सहयोग नहुन सक्छ ।’ उनले भने–तर सबै मिलेर यसैगरी सहयोग गर्यौंं भने हाम्रो ज्यान बचाउन दिन रात खटिएका स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन सकिन्छ ।
गुरुङले यसअघि मादी गाउ पालिकाको कोरोना नियन्त्रण तथा उपचार कोषमा एक लाख रुपैया नगद हस्तान्तरण गर्नुका साथै पोखराका विभिन्न वडामा खाद्यसामाग्री पनि वितरण गरेका थिए ।








जब विद्यार्थीले प्रदर्शनी केन्द्रमै गुन्द्री बुने
पोखरामा ‘अन्डरग्राउन्ड पार्किङ’ नै अन्डरग्राउन्ड !
चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया