महानगरबाट सय थान पिपिइ प्रदान, स्वास्थ्यकर्मी खुशी

समाधान संवाददाता २०७६ चैत २८ गते १७:३८

समाधान संवाददाता

पोखरा महानगर पालिकाका प्रमुख मानबहादुर जिसीले पोखरा स्वास्थ्य विज्ञान प्रष्ठिानका स्वास्थ्यकर्मीका लागि सय थान पर्सनल सुरक्षा इक्युपमेन्ट पिपिइ प्रदान गरेका छन् ।

शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिषठन मै गएर उनले ती सामाग्री हस्तान्रतण गरेका हुन ।

Advertisement

उनले ती सामाग्री हस्तान्तरण गर्दै कोरोना भाइरसका विरुद्धका खटिएका स्वास्थ्यकर्मीको सुरक्षाका लागि पोखरा महानगर चिन्तित रहेको बताए । ‘यी सामाग्री पहिलो लाइनका स्वास्थ्यकर्मीका लागि होइनन, तेश्रो लेयरका स्वास्थ्यकर्मीको लागि पनि पिपिइ आवश्यक पर्ने भएकाले व्यवस्था गरेका हौं ।’ सामान हस्तान्तरण गर्दै जिसीले भने– सबै स्वास्थ्यकर्मी ढुक्क भएर काम गर्ने वातावरण बनोस भन्ने महानगरको चाहाना हो ।’

सुरक्षा सामाग्री बुझेपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिषठनका उपकुलपति डा.बुद्धिबहादुर थापाले महानगरको सहयोगले आफुहरु कर्म क्षेत्रमा खटिन उत्साही भएको बताए । उनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सबैको भरोषा योग्य अस्पताल बनाउन आफुहरु लागि परेको उल्लेख गरे ।

Advertisement

तपाईको प्रतिक्रिया