पोखरामा गोरु काट्ने २ जना पक्राउ

समाधान संवाददाता २०७६ चैत २८ गते १९:३६

समाधान संवाददाता

पोखरामा गोरु काट्ने २ जना पक्राउ परेका छन् । बिहिबार राति ११ बजे गोरु काटेको भन्ने सूचना पाएपछि खटिएको प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

पक्राउ पर्नेमा पोखरा–३२ लामेआहालका २७ वर्षीय अनिस भुजेल र पोखरा–३३ छप्ल्याङका ३७ वर्षीय संजय कार्की रहेका छन् । दुवैलाई मासु र पुच्छरसहित नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरु माथि थप अनुसन्धान भईरहेको डिएसपी राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया