कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख नाध्यो

समाधान संवाददाता २०७६ चैत २८ गते २३:०३

एजेन्सी

विश्वब्यापी महामारी कोरोना भाइरसका कारण मृत्यु हुने मानिसको संख्या एक लाख नाघेको छ ।

यो समाचार तयार पार्दासम्म मृतकको संख्या एक लाख ३७१ पुगेको एजेन्सीहरुले जर्नाका छन् । संक्रमितको संख्या पनि १६ लाख ५० हजार भन्दा माथि लागेको छ । अहिलेसम्म १६ लाख ५२ हजार ६५५ संक्रमित भएका छन् ।

Advertisement

चिनबाट शुरु भए पनि यो भाइरसको इपीसेन्टर यति बेला युरोप र अमेरिका बनेको छ । मृतक मध्ये करिब ७५ प्रतिशत अमेरिका, इटली, स्पेन, फ्रान्स र बेलायतका नागरिक मात्र छन । यो समाचार तयार पार्दासम्म इटलीमा करिब १९ हजार, अमेरिकामा करिब १८ हजार, स्पेनमा करिब १६ हजार, फ्रान्समा करिब १३ हजार र बेलायतमा करिब ९ हजारको मृत्यु भएको छ ।

संक्रमित मध्ये करिब ४ लाख ८० हजार जना अमेरिकी मात्र छन भने स्पेनमा एक लाख ५३ हजार संक्रमित भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया