अमेरिकामा एकै दिन २ हजार बढीको मृत्यु

एजेन्सी
विश्वकै महाशक्ती राष्ट्र अमेरिका एकैदिन कोरोनाभाइरस सङ्क्रमणले २,००० जनाभन्दा बढीको मृत्यु हुने पहिलो देश बनेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार गएको २४ घण्टामा २ हजार,१०८ जनाको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या पाँच लाख नाघेको छ।
अमेरिकाले छिट्टै कोरोनाभाइरस सङ्क्रमणको कारण सबैभन्दा बढी नागरिक गुमाउने सूचीमा इटलीलाई जित्ने देखिएको छ।
राष्ट्रपति डोनल्ड ट्रम्पले सुरुमा अमेरिकामा मात्र एक लाख भन्दा बढीको मृत्यु हुन सक्ने आंकलन गरेका थिए । तर अहिलेको अवस्था हेर्दा त्या भन्दा कम मानिसको मृत्यु हुने बताइएको छ ।
अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसको सङ्क्रमणले १८,६९३ जनाको मृत्यु भएको र ५००,३९९ जनामा सङ्क्रमण पुष्टि भएको छ।
तीमध्ये आधाजसो मृत्यु न्यूयोर्कमा भएको छ।
इटलीमा अहिलेसम्म १८,८४९ जनाको मृत्यु भएको र संसारभर कोरोनाभाइरसले १००,००० भन्दा बढी जीवन खोसेको छ।
अध्ययनकर्ताहरूले अमेरिकामा शुक्रवार सबैभन्दा धेरैजनाको मृत्यु हुने र त्यसपछि बिस्तारै कम हुँदै जाने बताएका थिए। मे १ सम्मको प्रतिदिन मृत्यु हुनेको सङ्ख्या ९७० जना हुने उनीहरूको अनुमान छ।
तपाईको प्रतिक्रिया