प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच भिडिओ कन्फरेन्स

समाधान संवाददाता २०७६ चैत २९ गते १२:३७

समाधान संवाददाता
पोखरा, २९ चैत

प्रधानमन्त्री केपी शर्मा ओलीले ७ वटै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स गरेका छन् । कोरोना प्रकोपको सन्दर्भमा प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुसँग छलफल गरिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।
कोरोना नियन्त्रण र तयारीका चरणबारे छलफल भइरहेको उनको भनाई छ ।

यसअघि चैत १४ गते उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सबै मुख्यमन्त्रीसँग भिडिओ कन्फरेन्स गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया