धौलागिरि अस्पतालमा आयो तीन भेन्टिलेटर

बागलुङ
स्वास्थ्य तथा मन्त्रालयले कोरोना संक्रमितको उपचारमा सहज पु¥याउनका लागि धौलागिरि अञ्चल अस्पताल बागलुङलाई तीन भेन्टिलेटर पठाएको छ ।
दुई जनामा कोरोना संक्रमित पुष्टि भएको बागलुङ नेपालकै उच्च जोखिम भएको जिल्लामा पर्छ । कोरोना संक्रमितलाई अहिले आइसोलेशन वार्डमा राखी उपचार गराइरहेको अञ्चल अस्पताललाई स्वास्थ्य मन्त्रालयले दुई र गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयले एक थान भेन्टिलेटर उपलब्ध गराएको अस्पतालले जनाएको छ ।
कोभिड–१९ का बिरामीलाई श्वासप्रश्वासमा समस्या हुँदा तत्कालै भेन्टिलेटरमा राख्नुपर्ने भए पनि हालसम्म अस्पतालमा भेन्टिलेटर थिएनन् । स्वास्थ्य सेवा विभागका वरिष्ठ ल्याब टेक्निसियन धनप्रसाद पौडेलले दुई आधुनिक भेन्टिलेटर मन्त्रालयका तर्फबाट अस्पताललाई हस्तान्तरण गर्नुभएको अस्पताल विकास समितिका सदस्य शालिग्राम शर्माले जानकारी दिनुभयो । रासस








अन्नपूर्णका विद्यार्थीलाई प्राथमिक उपचार तालिम, आयुष विक प्रथम
राजनीतिक सन्देशसहितको ‘बल्क एसएमएस’ एनसेलका ग्राहकलाई नपठाएको कम्पनीको स्पष्टीकरण
निर्वाचन आउन ४९ दिन बाँकी : सुरक्षा गोष्ठी सम्पन्न, अति संवेदनशील मतदानस्थल ३ हजार ६ सय
कांग्रेस विशेष महाधिवेशन : गगन थापा सभापतिमा निर्विरोध, विश्वप्रकाश र पुष्पा उपसभापति- सूचीसहित
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया