गण्डकीमा ७ सय ५१ जनामा ‘र्‍यापिड टेस्ट’, देखिएन कोरोना

समाधान संवाददाता २०७६ चैत २९ गते २१:२१

ईश्वर देवकोटा
पोखरा

गण्डकीका विभिन्न ५ जिल्लामा ‘र्‍यापिड डायग्नोस्टिक टेस्ट’को काम अघि बढाइएको छ । संघीय सरकारले उपलब्ध गराएको किट मार्फत प्रदेशका जिल्लाहरुमा कोरोना परीक्षणको गति बढाइएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बागलुङ, म्याग्दी, पर्वत, तनहुँ, स्याङ्जा, गोरखा, लमजुङ, नवलपुर र कास्कीमा र्‍यापिड टेस्टका लागि किट वितरण गरिसकिएको प्रदेश स्वास्थ्य निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

Advertisement

बालगुङ, म्याग्दी, गोरखा, पर्वत र कास्की गरी ५ जिल्लामा परीक्षणको काम पनि सुरु भइसकेको उनले बताए ।

उक्त जिल्लाका ७ सय ५१ जनामा परीक्षण भइसकेको र सबैको नतिजा ‘नेगेटिभ’ आएको निर्देशक डा शर्माले जानकारी दिए ।

Advertisement

विशेषगरी चैतभित्र विदेशबाट आएकाहरुमा संक्रमण भए नभएको पत्तो पाउन तिव्र परीक्षणकाे लागि किटको प्रयोग गरिएको हो । बागलुङमा मात्र ४ सय ७६ जनाको परीक्षण भएको छ ।

गण्डकीमा अहिलेसम्म देखिएका २ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । उनीहरु दुबै बागलुङस्थित धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या भने ९ पुगेको छ । १ जना यसअघि नै उपचारपछि घर फर्किसकेका छन् ।

उपचाररत बिरामीको अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गण्डकीमा र्‍यापिड टेस्टकाे विवरणः

तपाईको प्रतिक्रिया