गण्डकीको कोरोना उपचार कोषमा सानिमा बैंकको १० लाख
समाधान संवाददाता
२०७६ चैत ३० गते ६:३९

समाधान संवाददाता
सानिमा बैंकले गण्डकी प्रदेशको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० लाख रुपैया प्रदान गरेको छ ।
बैंकका गण्डकी प्रदेश रिजनल म्यानेजर भावुक तण्डुकारले प्रदेशका मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङलाई सो रकम हस्तान्तरण गरेका हुन ।
मुख्यमन्त्री कार्यालयमा बैंकका शाखा प्रबन्धकहरु सहित पुगेका तण्डुकारले कोरोना भाइरस महामारी विरुद्धको लडाईमा सरकारलाई आफुहरुको पनि साथ रहेको सन्देश दिनका लागि सो रकम प्रदान गरिएको बताए ।
रकम बुझेपछि मुख्यमन्त्री गुरुङले सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै सबैको साथ लिएर कोरोना भाइरस विरुद्धको लडाई जित्ने विश्वास व्यक्त गरे ।
सानिमा बैंक राष्ट्रियस्तरको बाणिज्य बैंक हो । यसले सात वटै प्रदेशलाई १०–१० लाखको दरले आर्थिक सहायता प्रदान गरेको छ भने केन्द्रिय कोषमा पनि करिब ५० लाख रुपैया सहयोग गरेको छ ।
सम्बन्धित








पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
निर्वाचन आयोगको प्रतिवेदन पेस
टेवानमा सचेतना
हचुवामा संरचना, करोड खर्चेपछि खारेज
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया