प्रदेश प्रमुख शेरचनद्वारा नयाँ वर्षकाे शुभकामना

समाधान संवाददाता २०७७ वैशाख १ गते ८:४०

पाेखरा

गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले विश्वव्यापी रुपमा दुःख दिएको कोरोना भाइरस (कोभिड–१९) बाट जोगिन लकडाउनको पूर्ण पालना गर्नु महत्वपूर्ण उपाय भएको बताउनुभएको छ ।

Advertisement

नयाँ वर्ष २०७७ सालका अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले स्वदेश एवम् विदेशका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दै कोरोना भाइरसविरुद्ध लड्न सबैको साझा चुनौती भएको बताउनुभएको छ ।

विसं २०७६ संघीयताको मूल मर्मबमोजिम कानून निर्माण एवम् संस्थागत सुदृढीकरण गर्दै सुशासन र समृद्धिको मार्गमा उन्मुख रहन सफल भएको उल्लेख गर्दै उहाँले जनताको ठूलो संघर्षबाट मुलुकले प्राप्त गरेको ऐतिहासिक उपलब्धिलाई सुशासन र समृद्धिमार्फत सुदृढ बनाउन नयाँ वर्षले सबैमा थप ऊर्जा प्रदान गरोस् कामना गर्नुभएको छ ।

प्रदेश प्रमुख शेरचनले राष्ट्रियता र राष्ट्रिय अखण्डताको पूर्ण रक्षा गर्न दृढ संकल्पित हुँदै विश्व मानचित्रमा अंकित हाम्रो स्वाधीन राष्ट्रको रक्षा गर्न दृढ र जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया