कोरोनाविरुद्ध एकताबद्द भएर जुध्न मुख्यमन्त्री गुरुङको आग्रह

समाधान संवाददाता २०७७ वैशाख १ गते ९:०१
kf]v/f, @$ r}tM /f;;nfO{ cGt/jftf{ lbFb} d'VodGqL u'?ª sf]/f]gf efO/;sf] ;ªqmd0f /f]syfd Pj+ lgoGq0fdf eO/x]sf] k|of; ;DaGwdf /f;;nfO{ cGt/jftf{ lbFb} d'VodGqL Pjd sf]/f]gf /f]syfd, lgoGq0f, Joj:yfkg pRr:t/Lo lgb]{zg ;ldltsf ;+of]hs k[YjL;'Aaf u'?ª . t:jL/M xl/ afF:tf]nf÷/f;;

पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मानव जातिकै अस्तित्वको लागि चूनौती बनेर आएको विश्व मानव जातिकै साझा शत्रु कोरोना भाइरस रोग (कोभिड-१९) का विरुद्धमा एकतावद्ध भई जुध्न आग्रह गरेका छन् ।

नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री गुरुङले कोरोना विरुद्ध लड्न सम्पूर्ण क्षमताका साथ उच्च सतर्कता र तयारीमा जुट्न नयाँ वर्ष २०७७ ले हामी सबैलाई  प्रेरित गर्न सकोस् भन्ने कामना गरेका छन् ।

Advertisement

स्वदेश तथा विदेशमा रही कोरोना भाइरस रोग (कोभिड-१९) विरुद्धको कष्टकर युद्ध लडिरहेका सबैमा नयाँ वर्ष २०७७ को अवसरमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना उनले व्यक्त गरेका छन् ।

चीनको वुहान शहरवाट नेपालमा आएको नेपाली नागरिकमा परिक्षण पश्चात माघ ९ मा नेपालमा  कोरोना भाइरस रोग (कोभिड-१९) को पहिलो संक्रमित देखिएसँगै हामीले यस भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि माघ १२ गतेवाट नै औपचारिक गतिविधि शुरु गर्‍यौं र हाम्रा गतिविधिलाई अहिलेसम्म थप प्रभावकारिताका साथ अगाडि वढाइरहेको उनले दाबी गरेका छन् ।

Advertisement

यसको रोकथाम, नियन्त्रण तथा उपचारका लागि हामी सम्पूर्ण शक्ति, स्रोत र साधनको उच्चतम परिचालन गरी पूर्ण क्षमताका साथ लागिरहेका छौँ, सन्देशमा उल्लेख छ ।  यसमा सम्पूर्ण नागरिकको पूर्ण साथ, समर्थन र सहयोगको आवश्यकता रहेको भन्दै उनले सबै मिलेर मात्र यस संक्रमणबाट हामी आफू बँच्न र अरुलाई बचाउँन सकिने उल्लेख गरेका छन् ।

उपचारको विश्वसनीय विकल्पको आविष्कार भइनसकेको वर्तमान अवस्थामा यस रोगको संक्रमणवाट जोगिन पूर्व सतर्कता अपनाउनु सवैका लागि अपरिहार्य हुन गएको उनको भनाइ छ । यसका लागि सरकारले घोषणा गरेको लकडाउनको पूर्ण पालना गर्दै यस संक्रमणबाट बच्ने उपायका सम्वन्धमा विश्व स्वास्थ्य संगठन र सरकारले जारी गरेका सूचनाहरुलाई कुनै हेलचक्राईँ नगरी पूर्ण पालना गर्न मुख्यमन्त्रीले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया