सरकार ! खेतबारी मै कुहुने भयो कृषि उत्पादन

समाधान संवाददाता २०७७ वैशाख १ गते ११:५१

उषा पौडेल गिरी
महिला कृषी उधमी

कोरोना भाइरसले विश्व भरिनै अस्थव्यस्त बनाए संगै त्यसको शिकारमा नेपाल पनि अछुतो रहन सकेन ्र विश्वभर विभिन्न देशमा मानिस संक्रमण रहेका छन् भने कतिले ज्यान गुमाई रहेकाछन् ्र कति देशमा खाध्य संकट आउने देखिए पनि हालसम्म नेपालमा त्यो अवस्था नआइरहदा फेरी पनि नेपाल त्यहि भुमरीमा कता पर्ने त होइन भन्ने आम मानस पटलमा गुन्जिरहेको अबस्था छ ।

नेपाल एक कृषी प्रधान देश र आम मानिस कृषीमा संग्लगन रहेको भएता पनि अहिले कोरोनाको कारण २० औ दिन देश लक डाउनमा परिसकेको छ त्यसले देशको अर्थतन्त्र कता जान्छ र यो लक डाउन अझै कति लम्बिने हो यो अन्योलको विषय नै रहेको छ ्र दैनिक ज्याला दारी गरि आफ्नो गुजारा चलाइरहेका परिवारको स्थिति के भैरहेको छ होला ्र दैनिक बिहान उठे देखि बेलुकीसम्म विभिन्न मिडिया मार्फत समाचार सुनिरहदा एकातिर कोरोनाको त्रास छ भने अर्का तिर कृषकको गुनासाका पोकाहरु रहेकाछन् ्र एकातिर दैनिक भान्सामा पाक्ने खेतीयोग्य चिजको अभाब बजारमा बने संगै बजार भाउले आकाश छोइसकेको छ भने अर्कातिर कृषक वर्गले आफ्नो उत्पादन बेच्नको लागि ठाउँ नपाई रहेको र बजारमा ल्याउन तयार भएका उत्पादित बस्तुहरु बारीमै कुहिएको अवस्था रहेको छ ्र टिप्नको लागि तयार रहेका कृषी उपज माथि बारीमै ट्याक्टर चलाइएका, दुधका क्यानहरू बाटोमा पोखिएका ,जिउदै खुखुराहरुलाई डोजर चलाई पुरिएका जस्ता दर्दनाक कुराहरुले मन नै पोलेर आउछ ।

Advertisement

यस्तो दर्दनाक अबस्थामा कृषी निकाय कहाँ चुप लागेर बसेको छ भन्ने प्रश्न गर्न मन लाग्छ ्र किसानका नाममा दिइने अनुदान सहुलियत लगायतका कुरा कता गए रु प्रत्येक गोष्ठीमा गरिएका ठुला –ठुला कुराहरु र नैतिकता कता गए रु के यो अवस्थामा तिनै किसानलाई दिइने सौलियतलाई अहिलेको यो बिकराल परिस्थितिमा आ –आफ्नो स्थानीय निकायबाट किसानलाई किसानको सामान उठाएर दैनिक भान्सामा प्रयोग हुने कृषी उपजलाई बजार सम्म ल्याउन सहयोग गर्न नसकिएकै होत रु इन्डियाको तरकारी र फलफुल ल्याउनमा रोक लगाउदा हामी सर्वसाधारण कतै खान नपाएर त छटपटिदैनौ भन्ने प्रत्येक व्यक्तिको विषय रहेको छ ्र सानो उदाहरणको लागि लक डाउनको समयमा केरा बिक्रि भएन भनेर किसानको बारीमा काटेर गाड्ने मजदुर नपाउदाको पीडा छ भने अर्कोतिर नर्मल समयमा पाइने केराको मूल्य भन्दा दोब्बर पैसा तिरेर पनि ग्राहकले किन्न नपाउने अबस्था छ ्र यस्तो बेलामा तिनै किसानको केरा उठाएर बजार बजारमा पुर्याउन किन सक्दैनौ रु अहिलेको अबस्थामा कृषी उपज भण्डारण गरेर राख्ने कुराहरु पनि नआएका होइनन् यो समयमा भण्डारण गर्नु भन्दा पनि यसलाई अहिलेको अबस्थामा ग्राहक सामु पुर्याउनु ठुलो जिम्मेबारी हो जस्तो लाग्दछ ।

बारीमा भएको उत्पादन बिक्रि बितरण गर्न नपाएर कृषक चपेटामा त छदैछन् भने अर्कातिर आगामी बालीको लागि चाहिने कृषी सामाग्री मल,बिउ लगायतका कृषी औजार खरिद गर्न नपाएर अर्को चिन्तामा छन् ्र के यस्तो परिस्थितिलाई सुरक्षित तवरले सरल बनाउन नसकिने नै हो त ? लक डाउनको समय सम्म मात्र नभएर यसको असर धेरै पछाडी सम्म नै पर्ने छ भन्ने कुरा बेलैमा सोचेनौ भने कृषी क्षेत्र झनै धरासायी अबस्थामा नआउला भन्न सकिने अबस्था छैन ।

Advertisement

दैनिक उपभोग्य वस्तुको लागि ढुवानीमा रोकावट छैन भनिएता पनि ढुवानीको सहज सहजीकरण गर्ने निकाय नहुदा निस्केको समस्याले भबिस्यमा पक्कै पनि नकारात्मक रुप लिन सक्दैन भन्ने स्थिति छैन ्र अझै पनि स्थानीय तहबाट च्यानल मिलाउन सकेको खण्डमा यो परिस्थितिबाट सहजै पार हुन् सकिन्छ जस्तो लाग्दछ ्र अर्को झनै चुनौतिको विषय रहनेछ कि हजारौ युवा खाडी मुलुकबाट नेपाल फिर्ता भएका छन् भने कति आफ्नो जन्मस्थल आउन नपाएर छटपटिरहेको स्थिति छ ्र यी युवाहरुलाई स्वदेशमै कसरी स्वरोजगार बनाउने भन्ने चुनौती पक्कै रहने छ होला ्र कृषिको सम्भावना भएको सबैमा अबगत भएकै कुरा हो तर यसलाई परिबर्तन गर्न सकिराखेको अबस्था थिएन ्र साच्चिक्कै कृषिमा परिबर्तन चाहाने हो भने अबको समय भनेको पक्कै सम्भव समय रहनेछ ्र युवालाई कृषी तिर आकर्षित गर्न सकियो भने कृषी कर्म सम्भब छ ,व्यावसायिक कृषी सम्भब छ ्र यसो भनिरहदा लक डाउनको समयमा नै धेरै काम गर्नु जरुरी देखिन्छ ्र सबै ठाउँबाट सुरक्षित तबरले सामान उठाएर केन्द्रिकरण गर्दा बितिक्कै कृषकको आधा तनाब घटेर जानेछ भने उसले आफ्नो बारीमा अर्को बालीको लागि तयार गर्न सक्छ ताकी ३ महिना फेरी खेर नजाओस् ।

अहिलेको अबस्थामा आम जनताको चासो र विषय भनेको नै यो लक डाउन कहिले सम्म खुल्छ या तन्किन्छ भन्ने मै गुज्रिरहेकोछ ्र लक डाउन खुल्नासाथ सबै समस्याको समाधान आफै त पक्कै हुदैन होला ११ त्यसैले समयमै सबै जना मिलेर सोचौ त्यसको लागि हामी जस्तो युवा उधमी सधै हातेमालो गरेर अगाडी बढ्न र साथ दिनको लागि सधै तयार छौं ्र कृषी पेशालाई सकारात्मक द्रिस्टिकोणबाट हेरी सम्मान गरौँ, दिनरात, घामपानी नभनी खटिने मेहेनती कृषी हातहरुलाई सधै सम्मान गरौँ ्र

जय किसान

तपाईको प्रतिक्रिया