बाग्लुङमा रयापिड टेष्ट गर्दा पोजेटिभ देखिएकी बृद्धाको पोखरामा स्वाब परिक्षण हुँदै

समाधान संवाददाता २०७७ वैशाख १ गते १२:४१

समाधान संवाददाता

कोरोना भाइरसको रयापिड टेष्ट गर्दा पोजिटिभ देखिएको बाग्लुङकी एक महिलाको स्वाब संकलन गरेर पोखरा ल्याइएको छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा परिक्षण हुनेछ ।

बाग्लुङ जिल्लाको काठेखोला गाउपालिका वडा नम्बर ६ मा आइतबार र्यापिड किटबाट कोरोना भाइरसको परिक्षण गर्दा ६५ बर्षीया ती महिलामा पोजेटिभ देखिएको थियो । उनी परिवार सहित भारतका विभिन्न ठाउमा तिर्थाटन गरेर फर्केकी बृद्धा हुन ।

Advertisement

जिल्ला प्रहरी कार्यालय बाग्लुङका एसपी नवराज भट्टले दिएको जानकारी अनुसार तिर्थाटन गर्ने उनको टोलीमा १२ जना नेपाली थिए । उनकै परिवारका ४ जना सहित सोही गाउका अन्य २ जना, पवर्त पाङका २ जना र काठमाण्डौंका ४ जना गरी १२ जनाले तिर्थाटन गरेर चैत्र ६ फर्केका हुन ।

सोही ट्राभल हिस्ट्री भएका कारण जनस्वास्थ्यको टोली उनीहरुको र्यापिड टेष्ट गर्न गाउमा गएको थियो । परिवारमा अन्य ३ जनाको रिजल्ट नेगेटिभ आएपनि बृद्धाको पोजेटिभ आएको थियो ।

Advertisement

‘अबको फाइनल परिक्षण पोखरामा हुन्छ । आज विहान स्वाब कलेक्शन गरेर पोखरा पठाएका छौं ।’ जिल्ला प्रहरी प्रमुख एसपी भट्टले समाधानसंग भने । उनलाई आइतबार राती देखि नै स्थानीय विद्यालयको एक कोठामा क्वारेन्टाइनमा राखिएको छ ।

तपाईको प्रतिक्रिया