मुस्ताङका स्थानीय तहले बुझाएनन् विदेशबाट फर्किएका विवरण

समाधान संवाददाता २०७७ वैशाख १ गते १६:५९

एसके थकाली, जोमसोम ।

Advertisement

विश्वव्यापी माहामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणमा सघाउ पू¥याउने उद्देश्यले जिल्ला प्रसाशन कार्यालय मुस्ताङले विदेशबाट फर्किएकाको नामावली विवरण माग गरेपनि मुस्ताङका स्थानीय तहले विवरण अझै बुझाएका छैनन् ।

चैत्र १ गते देखि यता मुस्ताङ भित्रिएका विदेश बस्ने मुस्ताङीको एकिन विवरण बुझाउनु पर्ने भनीएपनि माग गरिएको ३ साता बितिसक्दा समेत जिल्लाका कुनैपनि स्थानीय तहहरुले विदेशबाट आएकाको विवरण नबुझाएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । स्थानीय तहले नामावली संकलन गर्नमा वेवास्ता गरेका हुन् ।

लक डाउन अघि मुस्ताङमा सयौको संख्यामा विदेशी बस्ने नागरिक जिल्ला आएको हुनसक्ने स्थानीय प्रशासनको ठम्याई छ । उनीहरुको एकिन पहिचान हुनसके कोरोना फैलिनबाट जोगाउन सकिने भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले ३ दिनभित्र विवरण पेश गर्न गत चैत्र १५ गते स्थानीय तहलाई पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालले जानकारी दिए ।

प्रजिअ अर्यालले विदेशबाट फर्किएका विवरण नहुदा ¥यापिड डाईगोनोस्टिक टेष्ट – आरडिटि परीक्षण गर्ने किट ल्याउन समस्या परेको बताए । उनले स्वास्थ्य मन्त्रालयले २० थान किट पठाएको ७ थान किट घासा क्वारेन्टाईनमा प्रयोग भएको बताए । उनले विदेशबाट आएकाको विवरण भए स्वास्थ्य निगरानी गर्नमा सजिलो हुने जनाए । स्थानीय तहको वडा तहबाटै विवरण संकलन गर्न प्रक्रिया अघि नबढेकाले काम गर्न असहज भएको जानकारी दिए ।

Advertisement

क्वारेन्टाईन क्षमता तेब्बर बनाईने

कोरोना रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका लागि बनेको जिल्ला स्तरीय कमाण्ड पोष्टले स्थानीय तहको क्वारेन्टाईन क्षमतालाई तेब्बर पार्ने जनाएको छ । कमाण्ड पोष्टका संयोजक प्रजिअ वेदप्रकाश अर्यालले कोरोना भाईरसको आतंक तत्कालै समाप्त नहुने संकेत देखिएको र त्यसको व्यवस्थापन गर्न भैईरहेको क्वारेन्टाईन क्षमता र व्यवस्थापन गर्न आवश्यक भईरहेको उल्लेख गरे ।

हिउदयाममा जाडो छल्न बेशी झरेका ३ सय बढी मुस्ताङी पोखरामा रहेको र अन्य मुस्ताङी पनि जिल्ला फर्किन सक्ने संम्भावना रहेकाले क्वारेन्टाईन बिस्तारको तैयारी भईरहेको बताए । क्वारेन्टाईन बिस्तार गर्न मुस्ताङको घासा ,जोमसोम र वारागुङमा रहेका क्वारेन्टाईनलाई ५० बेड भन्दा माथि बनाईने बताए । उनका अनुसार क्वारेन्टाईनलाई चाहिने स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी लगायतका थुप्रै जनशक्ति आवश्यक पर्ने भएकाले वडामा रहेका क्वारेन्टाईनलाई होम क्वारेन्टाईनमा रुपान्तरण गरिने छ ।

उनले लक डाउनमा कतैबाट जिल्ला फर्किएकाहरु अनिवार्य क्वारेन्टाईन मापदण्ड अनुसार रहनु पर्ने भएकाले क्वारेन्टाईन आवश्यक परेको जनाए ।

जिल्ला स्तरीय कोरोना राहत तथा व्यवस्थापन समिति गठन

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लक डाउनका कारण आहत बनेका तथा कोरोना रोकथामका लागि जिल्ला समन्वय समितिले राहत कोष गठन गरेको छ । जिल्ला समन्वय समितिकी प्रमुख छिरिङ ल्हामो गुरुङको अध्यक्षतमा समिति गठन भएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए ।

समितिले कोरोना रोकथामका लागि पर्ने आईपर्ने समस्या र लक डाउनले पीडित बनेका अतिविपन्न ,गरिव र असहाय बर्गका लागि समेट्न कोष खडा भएको जनाईएको छ । समितिमा मुस्ताङका ५ वटै पालिकाका अध्यक्ष र उद्योग बाणिज्य संघका अध्यक्ष सदस्यमा छन् । समितिले राहतका लागि आर्थिक संकलन उपसमिति गठन गरेको छ ।

मुस्ताङ उद्योग बाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनको संयोजकत्वमा ५ सदस्य उपसमिति गठन भएको छ । उपसमितिमा रमेश गुरुङ,हिम्जिङ दोर्जे विष्ट ,जिसस उपप्रमुख राजेन्द्र शेरचन ,नरसिंह शेरचन लगायत छन् ।

तपाईको प्रतिक्रिया