पोखराले दियो कास्कीका ४ गाउँपालिकालाई पिपिई

पोखरा
पोखरा महानगरपालिकाले कास्कीका ४ वटै गाउँपालिकालाई स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री पिपिई प्रदान गरेको छ । पोखरा महानगरपालिकाले रुपा, मादी, अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकालाई १०÷१० थान पिपिई मंगलबार प्रदान गरेको हो ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरलाई, उपप्रमुख मञ्जुदेवी गुरुङले माछापुच्छे« गाउँपालिका वडा नम्बर २ का अध्यक्ष विक्रम गुरुङलाई र प्रमुख प्रशासकीय अधिकृत धु्रवकुमार पोखरेलले रुपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु पोखरेल र मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटालाई ती सामग्री हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा प्रमुख जिसीले कास्कीका स्थानीय तहको नेतृत्वदायी भूमिका निर्वाह गर्न पोखरा महानगरले दुखमासँगै छौं भन्ने सन्देश दिन सामग्री हस्तान्तरण गरेको बताए ।
उनले केही महानगर आफैले र केही दाताहरुबाट पिपिई व्यवस्थापन गरी गाउँपालिकासहित ८ संस्थालाई वितरण गरेको जानकारी दिए । व्यक्तिगत सुरक्षा सामग्री नहुँदा स्वास्थ्यकर्मीलाई काम गर्न समस्या भएकाले महानगरले पिपिई व्यवस्थापन गरेको र यसले स्वास्थ्यकर्मीको मनबोल बढाउने विश्वास महानगरले लिएको जिसीको भनाइ छ ।
जिसीले करिब १६ लाखको पिपिई खरिद गरी विभिन्न संघ संस्थालाई उपलब्ध गराइएको जानकारी दिए । पिपिई बुझ्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले महानगरले गरेको सहयोग सह्रानीय रहेको बताउँदै पिपिई नहँुदा गााउँपालिकाका कार्यरत स्वास्थ्यकर्मीलाई काम गर्न समस्या परेकोमा अब भने सहज हुने बताए ।
पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्मा पौडेलले यो पिपिई पुन प्रयोग गर्न मिल्ने किसिमको भएको बताए । उनले कोरोना भाइसरका कारण स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री अति आवश्यक भएको बताए ।
पोखरा महानगरपालिकाले यसअिघ गण्डकी प्रदेश सरकारलाई १ सय थान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १ सय थान हस्तान्तरण गरिसकेको प्रमुख जिसीले बताए । पोखरा महानगरपालिकाका सूचना अधिकारी भरतराज पौडेलले शिशुवा अस्पताललाई ४० वटा, मातृशिशु मितेरी अस्पताललाई ४० पिपिई दिइने जानकारी दिए । महानगरले आठ वटा संस्थालाई गरी ३ सय २० थान पिपिई हस्तान्तरण गरेको हो ।









म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया