पोखरा महानगरको कोषमा युनाइटेड क्लबकाे १ लाख

समाधान संवाददाता २०७७ वैशाख २ गते १२:२५

पोखरा

पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । मंगलबार पोखरा अमरसिंहचोकको पोखरा युनाइटेड क्लबले एक लाख सहयोग गरेको छ ।

पोखरा युनाइटेड क्लबका अध्यक्ष लालकाजी गुरुङ, निर्वमान अध्यक्ष सुकबहादुर गुरुङ र प्रथम उपाध्यक्ष राजु श्रेष्ठको टोलीले महानगरका प्रमुख मानबहादुर जिसीलाई १ लाखको चेक हस्तान्तरण गरेका हुन् । प्रमुख जिसीले संकटको अवस्थामा महानगरले थालेको अभियानमा क्लबले सहयोग गरेकामा धन्यवाद दिएका थिए ।

Advertisement

महानगरेको कोषमा अहिले सम्म ३ करोड ७८ लाख ३५ हजार ३ सय ९१ रुपैंया जम्मा भएको छ । पोखरा महानगरपालिकाले २ करोड राखेर राहत कोष स्थापना गरेको हो भने कोषमा महानगरका सम्पूर्ण कर्मचारीको ४८ लाख ५० हजार, प्रदेश सरकारको एक करोड र विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले सहयोग गरेका छन् । करिब ३ लाख बराबरको खाद्यन्न पनि सहयोग स्वरुप प्राप्त भएको महानगरका सूचना अधिकारी भरतराज पौडेलले बताए ।

लकडाउनका कारण अति विपन्न र दैनिक ज्यालादारी गर्ने मजदुर लगायत जोखिममा परेका व्यक्तिलाई राहत उपलब्ध गराउन महानगरले स्थापना गरेको कोषमा समितिले सहयोग गरेको हो । पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन कोष राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकस्थित खाता नम्बर ३०२०३०५०४९४०६ मा रकम जम्मा गर्न सकिने छ ।

Advertisement

तपाईको प्रतिक्रिया