काठमाडाैं पेप्सीकाेलाका २ जनामा कोराेना पुष्टि
समाधान संवाददाता
२०७७ वैशाख २ गते १२:३३

काठमाडाैं
पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
र्यापिड डाइगोस्नोटिक टेस्ट (आरडिटी) गर्दा ३ जनाको रगतमा कोरोनाविरूद्ध लड्ने एन्टिबडी भेटिएपछि सोमबार उनीहरूलाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।
साेमबारै थप परीक्षण गर्न उनीहरूको स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। त्यहाँ पिसिआर मेसिनमा गरिएको परीक्षणमा दुई जनाको नतिजा पोजेटिभ देखिएको पाटन अस्पताल र प्रधानमन्त्रीनिवास बालुवाटार स्रोतले जानकारी दिएका छन्।
अस्पतालमा भर्ना भएका आमा र छोरामा कोरोनाको संक्रमण पुष्टि भएको हो भने बुहारीको रिपोर्ट आउन बाँकी छ।
सम्बन्धित
तपाईको प्रतिक्रिया