शिवदेखि शिवत्वसम्म

समाधान संवाददाता २०७७ वैशाख २ गते १३:३३

राजेन्द्र भण्डारी

हिन्दु धर्ममा ३३ करोड देवीदेवताहरु हुँदा पनि पूर्वीय सभ्यतामा भगवान शिवको स्थान शीर्ष रहेको पाइन्छ । करिब पाँच हजार वर्षदेखि नै शिवको अनेकौं रुपमा पूजा हुँदै आएको पाइन्छ । तिब्वतको माउण्ट कैलासदेखि पशुपतिनाथ हुँदै दक्षिणमा रहेको रामेश्वरमसम्मका हिन्दु मनमा भगवान शिवको नै राज रहेको छ । काल र भूगोल दुबै यात्रामा शिवको व्यक्तित्वलाई अनेकौ स्वरुपमार्फत मानव जीवनका हरेक क््िरmयाकलापमा नविन चेतना र शाश्वत सन्देशका रुपमा लिइएका छन् ।

Advertisement


‘शिव’ संस्कृत भाषाको शब्दबाट आएको हो । जसको अर्थ कल्याणकारी हो । ‘शि’ को अर्थ पापलाई नाश गर्ने र ‘व’ को अर्थ दाताको रुपमा चिनिन्छ । यसर्थ शिवको पूर्ण अर्थ सम्पूर्ण प्राणीको पालक गर्ने अलौकीक र शाश्वत हुन जान्छ । जुन पुरुषले नित्य, आनन्द र जीवन बाँच्नका लागि सदैव ऊर्जा दिन्छ, त्यो नै शिव हो ।

शिव शक्ति हुन् । अर्थात् ऊर्जा हुन् । हरेक प्राणीको जन्म र मृत्यु ऊर्जाबाट हुने हुँदा शिव ऊर्जा हुन् र यसको उत्पत्ति र अन्त पनि शिवबाट नै भएको पाइन्छ । मानवीय मूल्यशास्त्रको आधारमा सत्यम् शिवम् सुन्दरम् नै शिव हो । शिवमा कुनै आकार छैन । उनी निरञ्जन, निराकार र निरन्तरता हुन् ।

Advertisement

भगवान शिव तत्व, जीवन दर्शन, विज्ञान, अविचलिता र शून्यता आदिका प्रतिक हुन् । जसले खरानीमा जीवनको बीज, अर्धनग्नतामा सुन्दरता देख्दछ र मनको सुन्दरताको वलले संसारलाई संचालन र निर्देशन गर्छ त्यो नै भगवान शिव हुन् । भगवान शिवमा कुनै आडम्वर छैन । उनी केबल भक्त र भक्तको भक्तिमात्र देख्छन र विश्वास गर्दछन् । शिव आडम्वरविहीन भएकाले उनी प्राकृतिक रुपमा नै असाध्यै सरल र भोला देखिन्छन् ।

वस्तुका ठाउँमा बाघंबर, आभूषणको ठाँउमा सर्प र मुण्डमाला साथै श्रृगारको नाँउमा भष्म लगाएर श्मसान देखि कैलाशसम्म ध्यानी र योगी रुपमा भगवान शिवको स्वरुप जति अर्थपूर्ण छ त्यति नै रहस्यमय तथा जटिलताले भरिपूर्ण रहेको छ । उनले संसारमा सर्वप्रथम मानव जीवनको प्रचार प्रसार र पिनाक, पशुपताशास्त्र लगायत अन्य शस्त्र अस्त्र स्वयंले निर्माण र प्रयोग गरेका हुनाले आदिदेव तथा महान वैज्ञानिक पनि हुन् । भगवान शिव सफल गृहस्थ साथै महान सन्यासी हुन् । उनी भौतिक संसार र आध्यत्मिक सन्यासको बाटोमा समन्वयकर्ता भूमिका निर्वाह पनि गरेका छन् । उनी एक अनुशासित, अनुशासनहीन चरीत्र र पूर्णरुपमा स्थिर नर्तक पनि हुन् । देवता तथा दानव दुबैले पूजा गर्ने देवताका पनि देव महादेव हुन् । मनले सदैव प्रतीतको स्मृति गर्दछ, भविष्यको कल्पना गर्दछ र वर्तमानको चिन्तन गर्दछ । शब्द विना न स्मृति हुन्छ, न कल्पना हुन्छ न चिन्तन नै हुन्छ । सबै स्मृति, कल्पना र चिन्तन शिव शब्दको माध्यमबाट चल्दछ । तसर्थ संसार रहे पनि शिव छन् । संसार नभए पनि शिव छन् । भगवान शिवको जन्म र मृत्यु छैन ।

शिवत्वः

पूर्वीय शास्त्रमा जीवनको मूल उद्देश्य शिवत्व प्राप्त गर्नु हो । शिवत्व प्राप्तीको मुख्य आधार ‘ओम नम शिवाय’ हो । यो एक मन्त्र मात्र होइन, यो महामन्त्र पनि हो । यो महामन्त्रले आत्मा जागरण, चैतन्य जागरण र आत्मा स्वरुपको उद्घाटन साथै आत्मालाई स्वतन्त्र गराउँछ । यो मन्त्र कुनै तृष्णा, कामना, अभिलाषा पूर्ति गर्ने मन्त्र होइन् । यो समग्रमा कामनाको अन्त्यष्टि गरेर मानवको अन्तर आत्मामा चेतना र ज्ञानको सुर्यदय गराउनु हो । जहाँ सबै इच्छा, चाहना र कामनाहरु समाप्त हुन्छन् तब मानव निष्काम हुन्छ ।

पूर्ण निष्काम मानवआत्माको आवरण नै भगवानको स्वरुप हो । मानव आत्माको स्वरुपको विलयबाट नै शिवत्व प्राप्त हुन्छ । भगवान शिवको काखको सामिप्यताले मानवजातीले आत्माको जागृति र स्वरुपसँग साक्षात्कार गर्ने सुवर्ण अवसर प्राप्त गराउँछ । मानवले भय, ताप र तृष्णाबाट मुक्ति प्राप्त गरी मंगलकारी भगवान शिवसँग मिलन हुन्छ । साथै स्वयंको स्वयंभित्र प्रवेश गराई आत्माको साक्षात्कार गराउने, आत्मायुद्धको प्रेरणा प्राप्त गर्नु र स्वयं माथि विजय प्राप्त गर्नु नै शिवत्व हो । जहाँ अमृत र विष हुँदैन, जहाँ सुख र दुख हुँदैन र न स्वर्ग हुन्छ, न नर्ग नै हुन्छ, त्यहीँ नै परमानन्द हुन्छ । त्यहीँ परमानन्दको यात्रा वा खोज नै शिव भक्ति हो । शिव भक्तिको कण कणमा रहेको अनन्त परम आनन्दको सानिध्यता प्राप्त हुनु शिवत्व हो ।

शिवत्व खोजेर प्राप्त हुँदैन, यसलाई पहिचान गर्न आवश्यक छ । किनकी म नै शिव हँु र शिव नै म हुँ । हरेक प्रारम्भमा शिव र अन्त हुन् तथा हरेक अन्तमा प्रारम्भ पनि शिव हुन् । शक्ति मुर्त होइन, मिथ्या होइन् र प्रपञ्च पनि होइन । यसको विपरित शक्ति, जीव र जगत सबै सत्य हुन् । सबै तत्वतः सत्य हो । सुविधा र कामनाको बीचमा रहने मानव समुदायको लागि शिवभक्ति एक अवसर हो ।

जो आप्mना आवश्यकताका वस्तुहरुसँग जीवन जीउने गर्छन । यो अवसरको महान यात्रामा हरेक व्यक्ति तपस्याको माध्यमबाट अंहकार र क््रmोधको अन्त्य तथा क्षमा, विनयशील र धर्यताको उजागर भई मनमा कोमल शिशुभाव जाग्दछ र स्वयंमा परिवर्तन ल्याउने शक्ति सञ्चय हुन्छ, जुन शिवमय हो र शिवत्व पनि हो । शिव र शिवत्व कुनै प्रर्दशन होइन । यो आत्मा अभ्यूदयको प्रेरणा हो । शुन्यता र अन्धकारसँगको आत्मियता र प्राप्ति हो ।

शिवत्वका आयामहरु

भगवान शिवमा सम्मिलन बिना जीवनको उर्वर भूमिमा शिव र शिवत्वको उषा उम्रन्न असम्भव छ । जीवनमा शिवत्व प्राप्त हुनु भनेको कल्याणबोधको जागरण हुनु र परमान्द प्राप्त गर्नु हो । कल्याणवोध र शून्यताको जागरणको लागि तपको माध्यमबाट आत्मजागरण, कर्म वा लक्ष्य प्राप्तिको लागि सतत् सदकर्म, जपलाई ध्यानको माध्यमबाट जीवनलाई संकल्पवान बनाउनको लागि कल्याण तत्व अन्तमा प्रतिष्ठा जसमा मनलाई विसंगतिबाट मुक्त बनाउनुको साथै ज्ञान अर्थात चिन्तन युगानुरुप शोधनबाट आचरण निर्माण हुन्छ ।


यिनै तत्वहरु शिवत्व प्राप्त गर्ने मार्गका आयामहरु हुन् । शिवको आध्यात्मिक ज्ञान, गुण र शक्तिमा नै उनको शिवत्व रहेको पाइन्छ । उनको अनुसरणबाट मानवको आन्तरिक शक्ति र सद्गुणको विकास हुन्छ साथै अवगुण र विकारहरुको नष्ट हुन्छ । शिवत्वबाट मानव जीवत्व र समाजमा देवत्वको पुर्नस्थापना हुनु र दानवी संस्कारहरुको समाप्ती हुनु हो । शिव समुदर्शी हुन् । सबैका लागि समान दृष्टिबाट समान व्यवहार गर्छन्

अर्ध नारीश्वर किन ?

करिब ५० करोड वर्ष अगाडि १ योगीको अनुभवमा महिला र पुरुषमा कुनै भेद छैन् । दुबै एक अर्कोका पुरक हुन् भन्ने मान्यता प्रतिपादन भएको र सारा संसारले स्वीकार गरेको भगवान शिवको १ स्वरुप हो, अर्ध नारीश्वर । यो तीन शब्द अर्ध, नारी र इश्वरको संयोजनबाट बनेको छ । यसको अर्थ भगवान शिव आधा इश्वर र नारी हुन् । यसको अर्थ यो होइन कि भगवान शिव आधा होइनन् र सम्पूर्णता पनि होइन्न । वास्तवमा शिव आधा भएर पनि पूर्णता छन् र पूर्णता भएर पनि आधा छन् । सृष्टिको आधार नै नारी र पुरुष दुबै हुन् । यी दुबै शिव र शक्तिका स्वरुप हुन् । यो रुपले शक्ति शिवको अभिभाज्य अंग हो ।


शिव नर र शक्तिलाई नारीको दयोत्तक हुन् । उनीहरु एक अर्कोमा पुरक छन् । शिव विनाको शक्ति अथवा शक्ति विनाको शिवको कुनै अस्तित्व छैन । शिव कारण हुन, शक्ति कारक हो । शिव संकल्प गर्दछन् शक्ति संकल्प सिद्धि गर्दछिन् । शक्ति जागृत अवस्था हो भने शिव शुसप्तताको अवस्था हो । शक्ति मस्तिष्क हो, शिव हृदय हुन । शिव सागरको जल समान छन् तथा शक्ति सागरको लहर समान छिन् ।


जब ब्रह्माले सृष्टिलाई अगाडि वढाउन असमर्थ भए पश्चात भगवान शिवले अर्धनारीश्वरको स्वरुपसँग परिचित गराउँदै मैथुनी प्रकृयाबाट सृष्टिलाई निरन्तरता दिन बाटो देखाएका थिए । यसैको सृजन र सन्तुलनबाट नै संसार संचालित भएको साथै सन्तुलित रहेका छ । यो कुनै पौराणिक कथाकार, मुर्तिकार, संगीतकार, नर्तक तथा ऋषिमुनिहरुको कपोलकल्पित धारणा होइन् यो विज्ञानले स्वीकार गरेको सिद्धान्त हो । यो सृजन पारस्परिकता र समानताको प्रतीकको साथै नारी र पुरुषप्रति समान सम्मान हो ।

शिव एक क््रmान्तिकारी र समाजवादी पात्रः


असल व्यक्तिको कृर्ति कुनै एक समय र युगमा मात्र सिमित हुँदैन । उनका लोककल्याणकारी चिन्तन कालजयी वन्छन् र युगौ युगसम्म समाजलाई मार्ग निर्देशन गरेका हुन्छन् । उनले देखाएका सत्यका किरणहरुले मानव जीवनमा मात्र नभएर सभ्यता र संस्कृतिलाई पनि समृद्ध र शक्तिशाली बनाएको हुन् छ । यस्ता अमर आत्माहरुको दृष्टिमा व्यक्तिगत जीवनका स्वार्थहरुलाई त्यागेर समाज, मानवता र धर्ममा केन्द्रित रहेको हुन्छ ।

यस्तै महान क््रmान्तिकारी, समाजवादी तथा कर्मयोगी हुन भगवान शिव । वस्तुत आप्mनो विरोधी एंवम् शत्रुलाई मित्र बनाउनु नै शिव भक्ति हो । जसलाई समाजले तिरस्कार र घृणा गरेका हुन्छन् उनैलाई शिवले आप्mनो मनमा मात्र सजाएन् वरु आमन्त्रित पनि गरे । जसलाई भूमिहिन गराई सम्पूर्ण परिवारकासाथ जन्मभूमिबाट निकाला गर्ने कठोर सजाय गरियो उनीहरुलाई गाँस, बास र कपडाको व्यवस्था मिलाई आत्मसाथ गर्दै उनीहरुसँगै भोजन र वास ग्रहण गरे । अर्धमका प्रतीकका रुपमा मानिएका नंग, धङ्ग, अंग भंग, भूत पिशाच, डंकीनी आदिलाई गण र साथी मात्र बनाएनन् वरु आत्मिय र प्रेरणाका मार्गदर्शक बनाए ।


एकहजार करोड भूत, प्रेत, पिशाच, गहनाको रुपमा रुदाक्षको माला, भष्म धारण गरेका, डमरु र नगराका आवाजबाट सजिएका वेताल, व्रह्मराक्षस, प्ररु भथादी, गणहरु, तम्वुहरु, नारद हाहा, हुहु, उत्तम गन्धर्व किन्नर आदिलाई राजा हिमालयकी पुत्री पार्वतीसँगको विवाहमा वरयात्रीको रुपमा मात्र सहभागी गराएनन् वरु अभिन्न मित्र पनि वनाए र उच्च स्तरको जीवन मुल्यका आदर्शहरुलाई प्रस्फुटित गराए । सबैको अस्तित्वलाई स्वीकार गरी व्रह्माण्डको सुरक्षा र सन्तुलनका लागि सबैको भूमिकाको अपिहार्यताको अवधारणालाई सारा देवमण्डलमा उजागर मात्र गरेनन् कुलीन र सिमित वर्गलाई चुनौती समेत दिए ।


लोककल्याणकारी शासन, समावेशी, साथै सहभागितामूलक सिद्धान्तलाई पूर्णत व्यवहारमा अपनाएका भगवान शिव देवता र दानवका विश्वासका साझा चौतारी हुन । उनले देवलाई पनि वरदान दिए असुर, दानव, राक्षस, पिशाच आदिलाई पनि वरदान दिए । भगवान् शिवको परीवारमा समन्वयकारी गुणको विशेष अर्थ र महत्व राखेको पाइन्छ । जहाँ जन्मजात विरोधी स्वभावका प्राणीहरु पनि भगवान शिवको प्रतापमा प्रेमपूर्ण तवरबाट निवास गर्दछन् । भगवान शिवको परीवारले प्रयोग गरेका सबै वाहनहरुलाई आ आप्mनो बैरभावलाई हटाई सहयोग एंवम् सद्धभावमा परिणत गर्न सफल छन् तसर्थ उनी पशुप्रेमी र सच्चा वातावरणप्रेमी हुन् । स्वयम् उनको परीवार भित्र र्कािर्तकेय प्रवृति र गणेश संस्कृति बीचको अनेकतालाई कसरी सृष्टिको रक्षाको लागि एकतामय बनाएर लगेका छन् ।


जुन अविश्मरणीय रहेको छ । भगवान शिवको यो आर्दश परिवार आज प्रत्येक परिवार एंव समाजको लागि ग्राह्य छ । आज वर्तमान परिवार, समाज र राष्ट्रमा यहि सद्धभाव, सौहार्दता एंव समन्वयको आवश्यकता देखिएको छ । भगवान शिवलाई त्यस अलौलिक संसारबाट आजको लौकिक संसारसम्म आइपुग्दा सबै भन्दा कालजयी, क््रmान्तिकारी र समाजवादी चिन्तक र अभियन्ताको रुपमा चिनिन्छन् ।


उनले अपनाएका कदम कदमका मान्यताहरुले देवमण्डल भित्र हुने छल कपट, अधिकारको अभिलाषीहरुलाई र अरुका अस्तित्वलाई स्वीकार नगर्ने प्रतिकका रुपमा रहेका विम्वहरुलाई भगवान शिवले सम्पत्ती, र वैभवको विपरित त्याग र अकिंचनताले प्रहार गरेका छन् । उनको पल पलको स्वरुपले मानव समाजलाई स्वतन्त्रता, समानता र धर्मको मार्गमा डोराउन तथा सृष्टिको संन्तुलन कायम गर्नको लागि सून्यता, अध्याँरो र अपूर्णता यथार्थवादी विचार आवश्यक भएको बताएका छन् । उनको कष्ट, सहिष्णुता, दृढ संकल्पित, धर्यशिलता, आत्मनिष्ठा र अखण्ड साधनाशीलता समग्र मानव जातीका लागि अमूल्य प्रेरणाका स्रोत हुन् ।


शिव स्वरुपको मार्गमा उनले आपूmलाई कहिँ कतैबाट आभूषण र अलंकारबाट विभूषित गरेनन् । देवत्वको कुलीनताले पनि कहिँ कतैबाट छुन सकेको देखिदैन । वस्तुत उनी अत्यन्त सरल, गम्भिर र वर्तमान साधरण मानिसका व्यवहारको प्रतिविम्व साथै भोलापनको रुपमा देखिएका छन् । उनीद्धारा देखाइएका हरेक ज्ञानका मार्गमा मौलिकता, नविनता साथै प्रगतिशील विचार र कार्यहरुबाट ओतप्रोत छन् । उनले सृजना गरेका समाज, राष्ट्र र संसार हामी सबैको लागि प्रेरणा बनेको छ । जहाँ विभेदको कुनै भौगोलिक, सामाजिक र सांस्कृतिक सीमाना र सांसरिक वैभव देखिदैन् ।


जटा, जुट, भष्म बनस्पति, श्मशानको राख, सर्प, नन्दी सबै सरल भन्दा सरल साधनहरुका रुपमा परिचित शिवका प्रतीकहरु आज हाम्रा जीवनका अभिन्न प्रारुपका रुपमा रहेका छन् । मानवताको अन्नत यात्रामा शिवत्व प्राप्त गर्ने सबै भन्दा सरल, सुलभ राजमार्ग नै शिव भक्ति हो । विनाशबाट नै त नयाँ सृजना हुने र सृजनाको लागि खाली ठाउँ तयार गर्नुपर्ने हुन्छ तसर्थ भगवान् शिव सृष्टिको सम्भारक मात्र होइनन् उनी सृजनकर्ता पनि हुन् । उनको स्वरुपमा आगो र पानी सँगै, अमृत र विष सँगै, सर्प र मुसा सँगै, बाघ र साँडे सँगै, भष्म र भूत आदि एक अर्कोका प्रतिस्पर्धी भएर पनि तिनीहरुको अस्तित्वलाई स्वीकार गर्दै उचित व्यवस्थापन गरेका छन् ।


शिव सबै हुन्, अछुत, दलित, बञ्चित, विपन्न आदि सबैका हुन् । एक पत्थर, एक वेलपत्र, एक अंखोरा पानी, दूध, भष्म, आदि धुनी, श्मसान र मन्दिर जहाँ जसरी बसेर पनि गरे पनि हुने एक प्रकारको अति सरल शिव पूजा, विचार र चिन्तनलाई शुद्ध समाजवादी व्यवहराको प्रतिकका रुपमा लिन सकिन्छ । उनी एक अर्ध नारीश्वर बनेर नारी पुरुषको समानताको सिद्धान्तलाई सृष्टिमा सृजना गराए । पुत्र पुत्री मा भेद उचित होइन् । नारी जीवनदाहिनी हुन् र जननी पनि हुन् । एउटा नारी विवाह पश्चात दुई कुललाई जोड्दिनन् बरु समाजको निर्माण पनि गर्दछिन ।

परिवारमा छोरालाई जति सम्मान र सत्कार गरिन्छ त्यति नै छोरीलाई परिवार र समाजमा सम्मान र सत्कार प्राप्त हुनुपर्छ । मानव सभ्यताको सुरुआतसँगै भगवान शिवले अस्थिर मनलाई स्थिर बनाउनका लागि उनले योगको प्रारब्ध गरेका हुनाले एक आदियोगीको संसारमा चिनिन्छन् । उनले संसारका हरेक वस्तुहरुलाई प्रयोग र उपयोग सिद्धान्तमा राखेर व्यवहारमा समेत उतारेका देखिन्छन् । भगवान् शिव बैराग्यको प्रतीक पनि हुन् । उनीमा कुनै आशक्ति छैन । आशक्ति हुनेहरु स्वर्गमा वस्दछन् । विलासिता र भोगको चरम उपयोग गर्दछन् । भगवान शिव प्रतिकुलमा हिमालय र श्मसानमा वसेर सदैव सृष्टि र मानवकल्याणमा समर्पित भए । भगवान शिवले संसारमा विभिन्न रुप र शैलीमा जीवनलाई व्यतित गरे । जीवनलाई काम, मोह, मोक्षमा विताए । जीवनलाई श्मसान र कैलाश दुबैमा विताए । जीवनलाई नयाँ परिभाषा मात्र दिएनन् कि पृथ्वीको जल, अग्नी, वायु, वनस्पतिलाई जीवनसँगको आवश्यकतालाई जोडेर आवश्यकता र उपयोगितामा प्रशिक्षण प्रदान गरे ।


कला साहित्य, शिल्प, मनोविज्ञान, विज्ञान, शिक्षाको साथै साधनाको नियमलाई समेत निश्चित गरिदिए । भगवान् शिवले सबै धर्म, अर्थ, काम, मोक्षको पुरुषार्थको सार्थकतालाई मानव समुदायसँग अभिप्रेरित गरे । हामीले भगवान शिवको समग्र जीवन प्रकृयालाई सुक्ष्मरुपको अध्ययन पश्चात उनले हरेक चीजको उपयोग र प्रयोग गरेको पाँउछांै । उनी एउटै समयको कालखण्डमा कयौं रुप र स्वरुपको मिलन विन्दुको रुपमा मान्न सकिन्छ । तसर्थ पहिलो समाजवादी पात्रको रुपमा समयले खडा गरेको मुर्त बिम्व हुन् ।


मानव समुदायका लागि भगवान शिवका गुणहरुः


कुनै पनि परिस्थितिमा आफूलाई टाढा राखेर त्यस परिस्थितिलाई कावुमा राख्न सक्ने वा अनुकूल बनाई राख्ने कार्य त्यति सहज होइन तर भगवान शिवले त्यसलाई ध्यानको माध्यमबाट वंशमा राखी ध्यानलाई विशेष जोड दिएका देखिन्छन् । उनी ध्यानमा लीन भएको बेलामा सारा संसार उथलपुथल भए पनि उनको ध्यान भंग हुँदैन्थ्यो र गर्न पनि सकिँदैन्थ्यो । भगवान शिवको यो गुणबाट सारा मानवजातीले जीवनका हरेक चीजलाई नियन्त्रण राख्नुपर्छ भन्ने कुरा सिकाउँछ ।


समुद्र मंथनबाट कालकुट विष बाहिर आयो तब सारा देव र दानवहरु उक्त हलाहललाई ग्रहण गर्नबाट पछाडि हटे तर त्यस्तो विषम परिस्थतिमा समग्र व्रह्माण्डको सुरक्षाको लागि भनेर भगवान शिव अगाडि वढी कालकुट विषलाई सहजताका साथ ग्रहण गरे र सृष्टिमा नीलकण्ठको नामले प्रसिद्ध भए । हरेक परिस्थितिमा हरेक मानवजातीको कर्मको यात्राको प्रारम्भ हुने हुँदा नकारात्मकताका प्रतीकहरुलाई बिर्सेर जीवनलाई सकारात्मकता बनार्ई राख्नुपर्छ ।

हरेक विषमता र अनेकता भित्र एकता र विविधताका विम्वहरु रहेका हुन्छन र तिनलाई दुरदर्शिताका साथ ग्रहण गरेर सृष्टि र मानवताका भलाईका लागि नेतृत्व लिन आवश्यक छ भन्ने स्पष्ट सन्देश दिएका छन् ।
जसरी सूर्य बन्नका लागि आगो बन्नु पर्छ र आगोमा जल्नु पनि पर्छ त्यसै गरी शिवत्व प्राप्तीको लागि विषको प्राशन्न गर्न सक्नु पर्छ र विषलाई कण्ठमा रोकेर विष चाहे जतिसुकै कठोर किन नहोस् तर त्यसको प्रभावलाई कम गर्न सकिन्छ भन्ने ज्ञान मानव जगतलाई दिनुभयो ।


जीवन एक प्रकृति हो, जहाँ उष्ण, समोशितोष्ण र शितोष्ण जलवायुभित्र विविध किसिमका सजिव र निर्जिव प्राणी र वस्तुहरुको सृजनाको साथै सन्तुलन कायम भएका छन् । मानव जीवन सृष्टिको सर्वोत्कृष्ट रचना हो । करोडौैं वर्षको त्यागस्वरुप प्राप्त मानवजीवनलाई खुलेर र हाँसेर जिउनु पर्छ । शिवको जीवन शैली र उनका रचनामा उनले हरेक कोण र प्रतिकोणबाट फरक फरक प्रस्तुती दिएका छन् । चाहे त्यो ताण्डव नृत्य होस्, नटराज होस्, या हलाहललाई ग्रहण गर्ने नीलकण्ठ, समानताको लागि अर्धनारीश्वर, भोलेनाथ बन्दा होस् वा काल भैरव होस् ।

उनले हरेक रुपमा जीवनलाई सही आकार मात्र दिएनन् नयाँ दिशा र दृष्टिकोण समेत देखाएका छन् । मानवजातीले आप्mना वरपर रहेका जीवित वा मृत वस्तुहरुलाई देख्दैनांै र महसुस पनि गर्ने गर्दैनौं तर भगवान् शिवले ती सबै सजीव र निर्जीववस्तुहरुलाई सहजै स्वीकार गरी अपनाउनुको साथै प्रयोग गरेर सावित गरिदिनु भयो कि खराब कसैमा पनि हुँदैन वरु त्यसलाई एकपटक प्रयोग गरेर हेर्नुपर्छ भन्ने स्पष्ट मान्यता सृजना गरिदिनुभयो ।

हरेक मानव समुदायले आप्mनो कर्तव्य र प्राथमिकता प्रति सदैव सजग हुनुपर्छ जसरी उनले आप्mनो पत्नीप्रतिको प्रेम र सम्मानलाई सबैभन्दा माथि राखेर उनी सदैव एक नारी सदा व्रह्मचारी जस्ता संस्कारवान जीवन जीउनका लागि अभिप्रेरित गर्नुको साथै आप्mना भक्तहरुलाई समेत उचित स्थान दिएका थिए ।

प्रकृतिबाट प्राप्त विशेष शक्ति वा योग्यता हामीले आप्mनो व्यक्तिगत स्वार्थ पुरा गर्नका लागि प्रयोग गर्ने होइन, यो त मानवकल्याणका लागि गरिनुपर्छ भन्ने शिक्षा दिएका छन् । मानवको सबैभन्दा ठूलो धर्म सत्य बोल्नु हो वा सत्यको साथ दिनु हो, मानवले मन, वाणी र कर्मबाट पाप गर्ने इच्छा गर्नु हुँदैन र भगवान शिवले आप्mनो कर्मको स्यमं साक्षी बन्न आवश्यक छ । मानवले सदैव आवश्यकता र इच्छा फरक हुन् भन्ने कुरा वुझेर अनावश्यक इच्छाको त्याग गरेमा शान्त, सादगी तथा संन्तुलित जीवन विताउन सकिन्छ भन्ने कुरा उनको जीवन र चरित्रबाट हामी समग्र मानव जातीलाई शिक्षा प्राप्त हुन्छ ।


भैरव र रौद्र अवतारः


हरेक मानव सभ्यताको इतिहासमा भक्तको रक्षा, धर्मको स्थापना र पापीको दण्ड दिनको लागि भगवान शिवको अवतारले अनेकौं महत्वपूर्ण अर्थ राख्दछ । भगवान शिवमा न सम्मानको मोह छ, न अपमानको भय नै छ । न उनका शत्रु छन् न मित्र, न आप्mनो, न पराय, न यस संसारबाट केही लिनु छ, केही दिनु छ तर जव धर्म मानवताको नाममा कोही कसैले आडम्वर र पक्षपातपूर्ण व्यवहार र अन्याय गर्छन भने त्यसको विनासको विरुद्दमा भगवान शिव ब्रह्माण्डमा अनेकौं अवतारको रुपमा उत्पत्ति भएको मानिन्छ । दानवहरुको संहारको लागि शिवको भैरवको रुपमा उत्पत्ति भएको मानिन्छ । भगवान शिवको असमान, सर्वाधिक भयानक र डरलाग्दो अवतारको रुपमा लिइन्छ । यो रुपमा शिव काल भैरव भई आपराधिक प्रवृत्तीमाथि नियन्त्रण गर्न प्रचण्डदण्ड नायकको रुपमा प्रसिद्ध छ । तिनैओटा लोकको रक्षाका लागि उनले विष वा हलाहललाई आप्mनो कण्ठमा धारण गरे, कहिल्य गंगाको वेगलाई आप्mनो जटामा कैद गरे । सृष्टिको सुरक्षाकालागि र सुरक्षित भविष्यको लागि शक्तिको प्रयोग सहि ठाउँमा प्रयोग हुनुपर्छ । हरेक समाज र मानव भित्र वर्ग भएको हुन्छ । एउटा वर्ग सैदव भद्र र अर्को वर्ग अभद्र बीर र अस्थिर हुन्छ । भगवान शिवको यो रुप समाजलाई कल्याणकारी बनाउनका लागि उत्पति भएको मानिन्छ ।


भगवान शिव र श्रावण महिनाः


भगवान शिवले श्रावण महिनालाई प्रकृतिसँग जोडेका छन् । भगवान शिवले श्रावण महिना दःुख निवारण गर्ने महिनाको रुपमा पवित्र मानेका छन् । भगवान शिव प्रकृति हुन् । भगवान शिवका जीवनका हरेक पलहरु प्रकृतिसँग जोडिएका छन् । जव सतीले आप्mनो प्राण त्याग गरिन् तव भगवान शिवलाई हरेक जन्ममा पतिको रुपमा पाउने संकल्प गरेकी थिइन् र कडा व्रतमा बसिन् । सतीको भक्ति र साधनाबाट प्रसन्न भएर भगवान शिवले पार्वतीसँग विवाह गरेका थिए । भनिन्छ, यहीबाट नै सृष्टिमा विवाह प्रथा प्रारम्भ भएको मानिन्छ । भगवान शिवले ब्रह्माण्डलाई बचाउनका लागि हलाहल विषको सेवन श्रावण महिनामा नै सेवन गरेका थिए ।

त्यसको ताप र रापलाई कम गर्न चन्द्रमालाई शिरमा ग्रहण गर्नुको साथै इन्द्र लगायत अनेकौ देवताहरुले श्रावण महिनामा प्रशस्त वर्षा गराइदिएका थिए । उक्त महिना श्रावण महिना नै थियो । प्रकृतिमा अत्याधिक तापलाई विर्सजनको लागि वर्षाको आवश्यकतालाई महसुस गरी प्रकृतिका बिरुद्ध प्रकृतिलाई नै प्रयोग गरेका छन् । भगवान शिव श्रावण महिना मै पृथ्वीमा अवतरीत भई आप्mनो ससुराली गएका थिए त्यहाँ उनलाई स्वागत जलबाट नै गरिएको थियो ।
निष्कर्षः

समग्रमा मानवजातीको लागि भगवान शिवको स्वरुप प्रेरणाको स्रोत हो । तर हामी यति सोझा भनौं वा मुर्ख भनौं हामीले शिवको विराट स्वरुपलाई बुभ्mन सकिरहेका छैनौं । यदि भगवान शिवबाट शिवत्वको यात्रालाई आत्मासाथ दिलको गहिराहीबाट महसुस गर्न सकेमा हाम्रो स्वाभिमान र आत्मविश्वासलाई बढाउने प्रेरणाको अनुभव बन्न सक्छ । मानवीय जीवनका सबै आयामहरुमा शिवबाट नै पूर्णत प्राप्त हुनेछ । आज भौतिक संसारको चारैतिर अनैतिकता, अनेकता, अराजकता र अनुशासनहीनताको वोलवाल रहेको छ । व्यक्ति, समाज, एवं हरेक राष्ट्रमा जता ततै षडयन्त्र, हिंसा साथै अमानवीय कार्यहरु भई रहेका छन् ।

मन तथा भूमिहरु विखण्डन र खण्डित भएका छन् । मानवीय जीवनका आवाज, दृष्टि एवं मुल्यका किरणहरु धुमिल र मधुर हुँदै गएकाछन् । मानिस केवल रुपबाट मात्र मानिस जस्ता देखिएका छन् । तर उनीहरुको व्यवहार दिन प्रतिदिन दानवीय र अमानवीय हुँदै गईरहेका छन् । मानव जातीको विशिष्ट प्राकृतिकता विस्तारै क्षयीकरण हुँदैं गइरहेका छन् । यस विकट परिस्थितिमा शिव, शिव भक्ति र शिवत्व प्राप्तीको यात्रामा अविरल लाग्नुको वाहेक अन्य विकल्प मानव समुदायसँग छैन । यही यात्रालाई आप्mनो जीवनको अन्तिम गन्तव्य बनाएको खण्डमा हामी र हाम्रो संसारको भलो हुनेछ । शिवको दृष्टिबाट आउने एक मात्र सोचले नै चौतर्फी मानवजगतको न्याय हुने भएको हुँदा शिव देखि शिवत्वसम्मका मार्गहरुलाई अपनाउन जरुरी छ, जसबाट स्वस्थ्य र कल्याणकारी विश्वको निर्माण हुन्छ । (विभिन्न स्रोतहरुको आधारित)

तपाईको प्रतिक्रिया