वैशाख १५ सम्म लकडाउन
समाधान संवाददाता
२०७७ वैशाख २ गते १५:५१

काठमाडाैं
सरकारले लकडाउनको समय १२ दिन थपेको छ । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले लकडाउनको समय १२ दिन थप्ने निर्णय गरेको हाे ।
कोरोना रोकथाम र नियन्त्रणको लागि सरकारले गएको चैत ११ गतेदेखि लकडाउन गरिरहेको छ । पछिल्लो समय कोरोनाका संक्रमितको संख्या बढ्दै गएपछि थप सचेतताको लागि लकडाउनको अवधि बढाइएको सरकारले जनाएको छ ।
अहिलेसम्म १६ जनामा कोरोना संक्रमण देखिएको छ । १ जना निको भएका छन् । १५ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।
नेपालमा चैत ११ गतेबाट लकडाउन भएकाे हाे । स्वाब र र्यापिड टेस्ट किटबाट धमाधम परीक्षण गरिरहेकाे छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया