लेखनाथमा एक जनाको बेवारिसे मृत्यु, उनीसंगै हिड्ने ज्वरो र खोकीबाट ग्रस्त, आइशोलेशन वार्डमा भर्ना

समाधान संवाददाता २०७७ वैशाख २ गते १९:१९

समाधान संवाददाता

कास्कीको लेखनाथ स्थित आदर्शचोकको प्रतिक्षालयमा एक जना व्यक्ती मृत अवस्थामा भेटिएका छन् । बेवारिसे ती ब्यक्ती रातभर खोक्ने गरेको स्थानीयले प्रहरीलाई जानकारी दिएका छन् ।

तिनै मृतकसंग संगै हिड्ने ३ जना मध्ये १ जनामा ज्वरो र खोकी देखिएको छ । ज्वरो आइरहेको र खोकी लागि रहेकाले उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइशोलेसन वार्डमा भर्ना गरिएको छ ।

Advertisement

अन्य २ जनामा कोरोनाको लक्षण नदेखिएपनि संगै बसेकाले क्वारेन्टाइनमा राख्नु पर्नेमा कसैले जिम्मा नलिएपछि उनीहरुलाई पनि अस्पतालकै आइशोलेशन वार्डमा राखिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले बताए । ‘ती दुई जनालाई क्वारेन्टाइनमा राख्नु पर्ने हो । कसैले जिम्मा लिएनन् । त्यसैले अस्पतालमै राखेका छौं ।’ आचार्यले समाधानलाई बताए ।

त्यहाँ उनीहरुको स्वाब संकलन गरिएको छ र परिक्षण हुँदैछ । उनीहरु मध्ये कसैको पनि र्यापिड टेष्ट भने गरिएन ।

Advertisement

डाडाको नाक प्रहरी चौकीका इन्चार्ज डिएसपी अर्जुन रानाभाटले बताए अनुसार भण्डारढिकको प्रतिक्षालयमा फेला परेका एक जनामा कोरोना भाइरस लाग्दा देखिने लक्षण देखिएकाले संगै रहेका तिनै जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको हो ।

आदर्शचोकको प्रतिक्षालयमा मृत भेटिएका व्यक्तीको पोष्टमार्ट गरिएको छैन । डिएसपी रानाभाटले स्थानीयलाई उद्धृत गर्दै बताए अनुसार मृतक ब्यक्ती पनि रातभर खोक्ने गर्दथे । ‘उनको मृत्युको कारण पोष्टमार्टम रिपोर्ट पछि थाहा होला ।’ उनले भने ।

तपाईको प्रतिक्रिया