लेखनाथमा एक जनाको बेवारिसे मृत्यु, उनीसंगै हिड्ने ज्वरो र खोकीबाट ग्रस्त, आइशोलेशन वार्डमा भर्ना

समाधान संवाददाता
कास्कीको लेखनाथ स्थित आदर्शचोकको प्रतिक्षालयमा एक जना व्यक्ती मृत अवस्थामा भेटिएका छन् । बेवारिसे ती ब्यक्ती रातभर खोक्ने गरेको स्थानीयले प्रहरीलाई जानकारी दिएका छन् ।
तिनै मृतकसंग संगै हिड्ने ३ जना मध्ये १ जनामा ज्वरो र खोकी देखिएको छ । ज्वरो आइरहेको र खोकी लागि रहेकाले उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइशोलेसन वार्डमा भर्ना गरिएको छ ।
अन्य २ जनामा कोरोनाको लक्षण नदेखिएपनि संगै बसेकाले क्वारेन्टाइनमा राख्नु पर्नेमा कसैले जिम्मा नलिएपछि उनीहरुलाई पनि अस्पतालकै आइशोलेशन वार्डमा राखिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले बताए । ‘ती दुई जनालाई क्वारेन्टाइनमा राख्नु पर्ने हो । कसैले जिम्मा लिएनन् । त्यसैले अस्पतालमै राखेका छौं ।’ आचार्यले समाधानलाई बताए ।
त्यहाँ उनीहरुको स्वाब संकलन गरिएको छ र परिक्षण हुँदैछ । उनीहरु मध्ये कसैको पनि र्यापिड टेष्ट भने गरिएन ।
डाडाको नाक प्रहरी चौकीका इन्चार्ज डिएसपी अर्जुन रानाभाटले बताए अनुसार भण्डारढिकको प्रतिक्षालयमा फेला परेका एक जनामा कोरोना भाइरस लाग्दा देखिने लक्षण देखिएकाले संगै रहेका तिनै जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको हो ।
आदर्शचोकको प्रतिक्षालयमा मृत भेटिएका व्यक्तीको पोष्टमार्ट गरिएको छैन । डिएसपी रानाभाटले स्थानीयलाई उद्धृत गर्दै बताए अनुसार मृतक ब्यक्ती पनि रातभर खोक्ने गर्दथे । ‘उनको मृत्युको कारण पोष्टमार्टम रिपोर्ट पछि थाहा होला ।’ उनले भने ।









फेवा किनारमा १३ गतेबाट महोत्सव
महत्वाकांक्षी योजना, फितलो कार्यान्वयन
सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया