सनसिटी अपार्टमेन्टमा कोरोना परीक्षण सुरु

समाधान संवाददाता २०७७ वैशाख ३ गते १३:१८

काठमाडौं ।

काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा आरडीटी विधिबाट कोरोना भाइरस परीक्षण सुरु भएको छ । सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्दै आएका दुई जनामा मंगलबार कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि उक्त अपार्टमेन्टमा रहेकाहरुको परीक्षण थालिएको हो ।

ब्लक ‘ए’ मा बस्दै आएका एकै परिवारका तीन जनामा आरडिटीबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो भने पीसीआर बिधिबाट गरिएको परीक्षणमा २ जनाको कोरोना पुष्टि भइसकेको छ । बुधबार ब्लक ‘ए’ मा रहेका ९० परिवारका २ सय ४३ जनाको परीक्षण थालिएको छ ।

Advertisement

गत चैत ८ गते सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाइटीको चुनावमा संक्रमित परिवारका एक सदस्यले सहभागिता जनाएकाले अपार्टमेन्टमा रहेका सबैको परीक्षण थालिएको हो । सनसिटी अपार्टमेन्टमा रहेका पाँच वटा ब्लकमा ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया