गुनासो सुन्न पोखरा महानगरकाे टोल फ्री नम्बर

| पोखरा | | |
पोखरा महानगरपालिकाले नगरवासीका गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न टोल फ्रि नम्बर सञ्चालन गरेको छ । नगरवासीले आफूलाई परेका समस्या टोल फ्री नम्बर ११८१ मा फोन गरेर टिपाउन सक्ने महानगरले बताएको छ । यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन ।
कोरोना भाइरसको महामारीको समयमा नगरवासीका स्वास्थ्य सम्बन्धी गुनासा, लकडाउनले जोखिममा परेका समुदायको समस्या लगायत नगरवासीका हरेक गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न टिम पनि बनाइएको पोखरा महानगरपालिका सूचना अधिकारी भरतराज पौडेलले बताए । यो टोल फ्रि नम्बर ११८१ मा कार्यालय समयमा फोन गरेर गुनासो टिपाउन र कोरोना महामारीलाई रोकथाम गर्न रचनात्मक सुझाव पनि दिन सकिने छ ।
पोखरा महानगरपालिकाले राहत कोष स्थापना गरी लकडाउनको बेला समस्यामा परेका अति विपन्न र दैनिक ज्यालामजदुरी गर्नेहरुलाई राहत वितरण गरेको छ भने उक्त राहत कोषमा सहयोग गर्न इच्छुक व्यक्ति वा संघ संस्थाले टोल फ्रि नम्बर फोन गर्न सकिनेछ । समस्यामा परेका व्यक्तिहरुको उद्धार गर्नुपरेमा पनि ११८१ नम्बरमा फोन गरेर जानकारी दिन सकिने महानगरपालिकाले बताएको छ ।









अन्नपूर्णका विद्यार्थीलाई प्राथमिक उपचार तालिम, आयुष विक प्रथम
राजनीतिक सन्देशसहितको ‘बल्क एसएमएस’ एनसेलका ग्राहकलाई नपठाएको कम्पनीको स्पष्टीकरण
निर्वाचन आउन ४९ दिन बाँकी : सुरक्षा गोष्ठी सम्पन्न, अति संवेदनशील मतदानस्थल ३ हजार ६ सय
कांग्रेस विशेष महाधिवेशन : गगन थापा सभापतिमा निर्विरोध, विश्वप्रकाश र पुष्पा उपसभापति- सूचीसहित
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया