२७ दिन अघि दुबईबाट आएकी पोखराकी महिलाको आरडीटी परिक्षण पोजेटिभ, स्वाब परिक्षण हुँदै

समाधान संवाददाता
पोखराकी ५५ वर्षीया महिलामा कोरोना भाइरसको संक्रमण भए नभएको पुष्टी गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित प्रयोगशालामा थ्रोट स्वाब परिक्षण भैरहेको छ । पोखरा १२ ढिकालेथरकी ती महिलाको दुई पटकसम्म र्यापिड डायग्नोस्टिक टेस्ट आरडीटी परीक्षण गर्दा पनि रिपोर्ट पोजिटिभ आएपछि कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएको छ ।
दुबईबाट २७ दिनअघि फर्किएकी महिलाको रगतको नमुना किटबाट परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको हो। पोखराको १० र १२ नम्बर वडाका ३४ जनाको नमुना परीक्षण गर्दा उनको नतिजा शंकास्पद देखिएपछि पुनः परीक्षण गरिएको थियो।
दोस्रोपटक परीक्षण गर्दा समेत पोजिटिभ देखिएकोले स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ। उक्त स्वाब पीसीआर मेसिनमा परीक्षण पश्चात कोरोना भाइरस भएरनभएको पुष्टि हुने पोखरा महानगर स्वास्थ्य महाशाखाले जनाएको छ।
दुबर्ईबाट आए देखि नै ती महिला आफ्नै घरमा एक्लै बस्दै आएकी थिइन्। उनी दुबईमा रहेका छोरालाई भेटेर चैत ८ मा नेपाल फर्किएकी थिइन्।
तपाईको प्रतिक्रिया