पोखराका लक्ष्मणको कोरोना भाइरसका कारण मृत्यु

समाधान संवाददाता २०७७ वैशाख ३ गते १८:४१

समाधान संवाददाता

पोखरा महानगर पालिका वडा नम्बर ६ लेकसाईडका बासिन्दा लक्ष्मण श्रेष्ठको कोरोना भाइरस संक्रमणका कारण बेलायतको राजधानी लण्डनमा मृत्यु भएको छ ।

पोखरा ६ लेकसाइड स्थित जरेबर घर रहेका श्रेष्ठ ५९ बर्षका थिए । पूर्व ब्रिटिश आर्मी श्रेष्ठ श्रीमती र छोरा छोरी सहित लण्डनमा बस्दै आएका थिए । कोरोना भाइरस संक्रमणको पुष्टी भएपछि १४ दिन अघि उनलाई लण्डन स्थित एक अस्पतालमा भर्ना गरिएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

Advertisement

स्वास प्रश्वासमा समस्या आएपछि भेन्टिलेटरमा राखेर उपचार गरिदै थियो । ‘अस्पतालले आज जानकारी दियो, भन्यो– धेरै प्रयास गर्दा पनि बचाउन सकिएन ।’ परिवारका ती सदस्यले समाधानसंग भने ।

मृतक श्रेष्ठ पूर्व राष्ट्रिय खेलाडी समेत हुन । उनले प्रथम राष्ट्रिय खेलकुद प्रतियोगितामा ठेला फाल्ने प्रतिस्पर्धामा स्वर्ण पदक जितेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया