सुखद खबर–पोखराकी महिलामा कोरोना भाइरस छैन
समाधान संवाददाता
२०७७ वैशाख ३ गते २२:०८

समाधान संवाददाता
र्यापिड डाइग्नोस्टिक टेष्ट आरडीटीबाट दुई दुई पटक परीक्षण गर्दा पनि एन्टिबडी पोजेटिभ देखिएकी पोखराकी एक महिलाको पिसिआर मेसिनमा कोरोना भाइरसको परिक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।
मंगलबार रगतमा एन्टीबढी परिक्षण गर्दा पोजेटिभ नतिजा आएपछि उनी कोरोना भाइरस संक्रमित भएको आशंका गरिएको थियो । पोखरा (१२, ढिकालेथरकी ती महिलामा एन्टिबडी पोजेटिभ देखिएको भए पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा स्वाब परीक्षण गर्दा नतिजा नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशक डा। विनोद विन्दु शर्माले बताएका छन् ।
५५ बर्षीया ती महिला २७ दिन अघि दुबईमा रहेका आफ्ना छोरालाई भेटे नेपाल फर्किएकी थिइन् । बुधबार पोखरा महानगरपालिकाका १० र १२ वडाका ३४ जनाको र्यापिड डाइग्नोस्टिक टेष्ट गर्ने क्रममा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
सम्बन्धित







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया