सुखद खबर–पोखराकी महिलामा कोरोना भाइरस छैन
समाधान संवाददाता
२०७७ वैशाख ३ गते २२:०८

समाधान संवाददाता
र्यापिड डाइग्नोस्टिक टेष्ट आरडीटीबाट दुई दुई पटक परीक्षण गर्दा पनि एन्टिबडी पोजेटिभ देखिएकी पोखराकी एक महिलाको पिसिआर मेसिनमा कोरोना भाइरसको परिक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।
मंगलबार रगतमा एन्टीबढी परिक्षण गर्दा पोजेटिभ नतिजा आएपछि उनी कोरोना भाइरस संक्रमित भएको आशंका गरिएको थियो । पोखरा (१२, ढिकालेथरकी ती महिलामा एन्टिबडी पोजेटिभ देखिएको भए पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा स्वाब परीक्षण गर्दा नतिजा नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशक डा। विनोद विन्दु शर्माले बताएका छन् ।
५५ बर्षीया ती महिला २७ दिन अघि दुबईमा रहेका आफ्ना छोरालाई भेटे नेपाल फर्किएकी थिइन् । बुधबार पोखरा महानगरपालिकाका १० र १२ वडाका ३४ जनाको र्यापिड डाइग्नोस्टिक टेष्ट गर्ने क्रममा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
सम्बन्धित









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया