कोरोनाका कारण १ लाख ४५ हजार बढीको मृत्यु, अमेरिका र युरोपमा १ लाख २५ हजारको ज्यान गयो

एजेन्सी
चिनको बुहानबाट शुरु भएको कोरोनाको कहरले यति बेला सबै भन्दा पीडित सबै भन्दा सम्पन्न देश भएका छन । विश्वभर ज्यान गुमााउने मध्ये ८६ प्रतिशतको मृत्यु यी दुई ठाउमा मात्र भएको छ ।
कोरोना भाइरसका कारण संसारभर यो समाचार तयार पार्दासम्म एक लाख ४५ हजार ५१६ भन्दा बढीको मृत्यु भएको छ । ती मध्ये अमेरिकामा मात्र ३४ हजार भन्दा बढीको ज्यान गैसकेको छ । यहाँ ३४ हजार ६१७ जनाको मृत्यु भएको छ भने १३ हजार भन्दा बढी गम्भीर अवस्थामा अस्पतालमा भर्ना भएका छन । अमेरिकामा ६ लाख ७७ हजार भन्दा बढी संक्रमित मध्ये ५७ हजार भन्दा बढी सञ्चो भएका छन् ।
अमेरिका पछि सबै भन्दा बढी प्रभावित युरोप बनेको छ । यहाँ कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ९० हजार नाघेको छ।
एएफपीका अनुसार बिहीबारसम्म युरोपभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९० हजार १ सय भन्दा बढी भइसकेको छ।
युरोप कोरोनाको कहरबाट सबैभन्दा बढी प्रभावित महादेश हो।
युरोपमा सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ। त्यहाँ हालसम्म २२ हजार १ सय ७० जनाको मृत्यु भइसकेको छ।
इटालीपछि सबैभन्दा धेरै मृत्यु हुने देशमा स्पेन १९,३१५ फ्रान्स १७,९२० र ब्रेटनमा १३,७२९ रहेका छन्।
यसैगरी विश्वको कुल संक्रमित संख्या २१ लाख ८२ हजार ५८ पुगिसकेको छ।








‘९ औं मा हारें, १०औंमा कुरा मिलेन, अब उपाध्यक्ष छोड्दिनँ’
जनप्रिय क्याम्पस ३५ वर्षमा
जेन जी आन्दोलनमा कारागारबाट भागे, पटकपटक चोर्दै हिँडे र पक्राउ परे
पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया