कोरोनाका कारण १ लाख ४५ हजार बढीको मृत्यु, अमेरिका र युरोपमा १ लाख २५ हजारको ज्यान गयो

समाधान संवाददाता २०७७ वैशाख ५ गते ७:४८

एजेन्सी

Advertisement

चिनको बुहानबाट शुरु भएको कोरोनाको कहरले यति बेला सबै भन्दा पीडित सबै भन्दा सम्पन्न देश भएका छन । विश्वभर ज्यान गुमााउने मध्ये ८६ प्रतिशतको मृत्यु यी दुई ठाउमा मात्र भएको छ ।

कोरोना भाइरसका कारण संसारभर यो समाचार तयार पार्दासम्म एक लाख ४५ हजार ५१६ भन्दा बढीको मृत्यु भएको छ । ती मध्ये अमेरिकामा मात्र ३४ हजार भन्दा बढीको ज्यान गैसकेको छ । यहाँ ३४ हजार ६१७ जनाको मृत्यु भएको छ भने १३ हजार भन्दा बढी गम्भीर अवस्थामा अस्पतालमा भर्ना भएका छन । अमेरिकामा ६ लाख ७७ हजार भन्दा बढी संक्रमित मध्ये ५७ हजार भन्दा बढी सञ्चो भएका छन् ।

अमेरिका पछि सबै भन्दा बढी प्रभावित युरोप बनेको छ । यहाँ कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ९० हजार नाघेको छ।

एएफपीका अनुसार बिहीबारसम्म युरोपभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९० हजार १ सय भन्दा बढी भइसकेको छ।

Advertisement

युरोप कोरोनाको कहरबाट सबैभन्दा बढी प्रभावित महादेश हो।

युरोपमा सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ। त्यहाँ हालसम्म २२ हजार १ सय ७० जनाको मृत्यु भइसकेको छ।

इटालीपछि सबैभन्दा धेरै मृत्यु हुने देशमा स्पेन १९,३१५ फ्रान्स १७,९२० र ब्रेटनमा १३,७२९ रहेका छन्।

यसैगरी विश्वको कुल संक्रमित संख्या २१ लाख ८२ हजार ५८ पुगिसकेको छ।

तपाईको प्रतिक्रिया