भूमि आयोग विघटन गर्न माग

समाधान संवाददाता २०७७ वैशाख ५ गते १४:५७

समाधान संवाददाता, पोखरा ।


पोखरामा क्रियाशील नागरिक समाजका अगुवाले सरकाले भूमि समस्या समाधान आयोग गठनप्रति आपत्ति जनाएका छन् ।

शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरु मुलुक र विश्व कोरोना भाइरसको त्रास र संक्रमणले आक्रान्त भएका बेला गठन गरिएको आयोग खारेजीको माग गरेका छन् ।

Advertisement

सिटिजन जुरी संयोजक वरिष्ठ अधिवक्ता तीलक पराजुली, पोखरा उपत्यका वृहत सफाइ अभियानका संयोजक रामबहादुर पौडेल, राष्ट्रिय सम्पदा संरक्षण समिति नेपालका अध्यक्ष विष्णुहरि अधिकारी, स्वयंसेवी मानवअधिकार रक्षक सञ्जालका शशि तुलाचन, नागरिक समाज पोखराका इन्द्रकमल मानन्ध र महिला मानवअधिकार रक्षक सञ्जालका तारामाया थापामगरले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।


अहिलेको कठीन परिस्थितिमा सरकाररको १ मात्र दायित्व नागरिकको जीवन रक्षा गर्नु रहे पनि सरकारले त्यसो नगरेको उनीहरुको आरोप छ । यस्ता आयोगले विगतमा सार्वजनिक जग्गाको चरम दुरुपयोग र वनजंगल मास्दै आएको आरोप विज्ञप्तिमार्फत लगाइएको छ । विज्ञप्तिमा भनिएको छ ‘विध्यमान असहज अवस्थामा आयोज गठन गर्नु भनेको राजनीतिक पूर्वाग्रहले ग्रसित बेमौसमको बाजा सरह हो ।’

Advertisement


भूमिहीन नेपाली नागरिकका लागि न्योचित वितरण गर्न पवित्र उद्देश्य राखेर उपयुक्त समयमा स्वतन्त्र र निश्पक्ष र योग्य व्यक्तिहरु सम्मिलित आयोग गर्न आग्रह गर्दै नागरिक अगुवाले हालै गठित आयोग अबिलम्ब विघटन गर्न माग गरेका हुन् ।


यसैगरी लकडाउनका फाइदा उठाएर पोखरा महानगरपादिका १९ घार्मीस्थित भूमे पुज्ने तीस ढुंगे सामुदायिक वन फडानी गरी कुनियतपूर्वक दर्ता गर्ने समूह सक्रिय रहेको भन्दै ३ कारवाहीका लागि ३ वटै तहका सरकारसँग माग गरेका छन् ।

तपाईको प्रतिक्रिया