पोखरा महानगरको कोषमा ३ करोड ८२ लाख, पाल्पाली समाजको पनि सहयोग

समाधान संवाददाता २०७७ वैशाख ५ गते १६:४२

पोखरा, ५ वैशाख ।

पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा पाल्पाली समाज पोखराले नगद सहयोग गरेको छ । समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले २० हजारको चेक प्रमुख मानबहादुर जिसीलाई हस्तान्तरण गरेका छन् । समाजले पाल्पाका स्थानीय तहका लागि १ लाख रुपैयाँ हस्तान्तरण गरिसकेको छ ।

महानगरको कोषमा शुक्रबार जिसी इलेक्ट्रिकका प्रेमबहादुर जिसीले २५ हजार ५ सय ५ सहयोग गरेका छन् । लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीका अध्यक्ष धनिराम बराल लगायतको टोलीले ५१ हजार १ सय ५ रुपैंयाको चेक प्रमुख जिसीलाई हस्तान्तरण गरेका हुन् । सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाले २५ हजार ५ सय सहयोग गरेको छ । संस्थाका अध्यक्ष प्रेमबहादुर जिसीसहितको टोलीले पोखरा महानगर प्रमुख मानबहादुर जिसीलाई चेक हस्तान्तरण गरेका छन् ।

Advertisement

नेपाल निर्माण व्यवसायी संघ कास्कीले एक लाख सहयोग गरेको छ । कृषि बजार व्यवस्थापन समिति पोखराले ५५ हजार, राष्ट्रिय फलफूल तथा तरकारी थोक व्यवसायी संघ कास्कीले ५१ हजार सहयोग गरेका छन् ।

कास्कीमा रहेका चार्टड एकान्टेन्टहरुको पहलमा नेपाल चार्टड एकाउन्टेन्ट संघले ६० थान बुट र सय थान सर्जिकल ग्लोप्स महानगरलाई दिएको छ । संघ का केन्द्रीय सदस्य अनील लामिछाने र चार्टड एकाउन्टेन्ट विवेक श्रेष्ठले महानगर प्रमुख जिसीलाई उक्त सामग्री हस्तान्रतण गरेका हुन् ।

Advertisement

यसैगरी बुद्ध बचत तथा ऋण सहकारी संस्था २५ हजार, सञ्चार बचत तथा ऋण सहकारी संस्था २० हजार, सिर्जना महिला बचत तथा ऋण सहकारी १० हजार, फलौरा बहुउद्देश्यीय सहकारी १० हजार र पोखरा ४ का शुरेशचन्द्र कोइरालाले १० हजार सहयोग गरेका छन् । महानगरको कोषमा शुक्रबार सम्म ३ करोड ८२ लाख १८ हजार ५ सय १ रुपैंया जम्मा भएको छ । पोखरा महानगरपालिकाले २ करोड राखेर राहत कोष स्थापना गरेको हो भने कोषमा महानगरका सम्पूर्ण कर्मचारीको ४८ लाख ५० हजार, प्रदेश सरकारको एक करोड र विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले सहयोग गरेका छन् ।

यसैगरी असल छिमेकी संघले वडा नम्बर १ र २५ मा एक÷एक सय प्याकेज खाद्यान्न, राष्ट्रिय युवा सञ्जालले वडा नम्बर ३२ को समन्वयमा ५० पोका राहत वितरण गरिएको छ । पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन कोष राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकस्थित खाता नम्बर ३०२०३०५०४९४०६ मा रकम जम्मा गर्न सकिने छ ।

तपाईको प्रतिक्रिया