भूमि आयोग सदस्य भिम कार्की भन्छन–भूमाफियाको निद्रा हराम भाकोछ, बेमौसमी बाजा भन्दैछन

समाधान संवाददाता २०७७ वैशाख ६ गते १५:०५

सरकारले हालै गठन गरेको भूमि सम्बन्धि समस्या समाधान आयोगका पाँच जना व्यक्ती मध्ये एक हुन भिम कार्की । गण्डकी अञ्चलमा इमान्दार नेताको छवि बनाएका कार्की ४० बर्षे राजनैतिक जीवनमा कुनै अवसर नपाउने पीडित नेताका रुपमा पनि कार्यकर्ता माझ चिनिन्थे ।

यिनै कार्कीलाई सरकारले यति बेला देश कै अव्यवस्थित भूमि र भूमिहिन सुकुम्बासीको समस्या समाधान गर्न गठन गरेको आयोगको सदस्य बनाएको छ । देविप्रसाद ज्ञवाली अध्यक्ष रहेको पाँच सदस्यीय आयोगका कार्यकारी सदस्य हुन कार्की ।

०३७ साल देखि कम्युनिष्टको राजनीति गरेका कार्की पछिल्लो समयमा पार्टीको केन्द्रिय सदस्य छन् । देशभर लक डाउन भए पनि हाल काठमाण्डौंमा रहेर आयोग कै काममा व्यस्त रहेका कार्कीसंग समाधानकर्मीले टेलिफोनमा गरेको संक्षिप्त कुराकानी ।

Advertisement

समधान– बधाई छ तपाईलाई, पहिलो पटक राजकीय जिम्मेबारी पाउनु भएकोमा ।
कार्की– धन्यवाद । हो, यो मेरो जिवन कै पहिलो राजनैतिक नियुक्ती हो ।

समधान– के के काम गर्ने गरी जिम्मेबारी दिइएको छ, तपाईहरुलाई ।
कार्की– मुलत भूमि सम्बन्धि समस्याहरु जति छन, ती सबै समाधान गर्ने आयोग हो यो, जुन नामबाटै पनि प्रष्ट छ । यसमा अझै मसिनो गरी हेर्दा भूमिहिन सुकुम्बासीहरुलाई जग्गाधनि प्रमाण पत्र, अर्थात लालपूर्जा दिने, अव्यवस्थित बसोबास गरेकाहरुलाई निश्चित रकम दिएरै व्यवस्थापन गर्ने, संविधानमा उल्लेख गरिएका दलित समुदायलाई पहिलो पटक जमिन र आवासको मालिक बनाउने, भूमिहिन सुकुम्बासीका लागि आवास निर्माण गर्ने मुख्य हुन ।

Advertisement

समधान– तपाईहरुको नियुक्ती बारेमा विबाद भैरहेको छ नी । देश कोरोना भाइरसबाट लड्नका लागि संघर्ष गरिरहेको बेलामा सरकारले बेमौसमी बाजा बजायो भनिएको छ नी ?
कार्की– हामीले पनि सुनेका छौं, पढेका छौं । केही राजनीतिको रोटी सेकाउने भूमाफियाहरुले ‘यस्तो बेलामा आयोग गठन गर्ने’ भन्दै सरकारको आलोचना गरिरहेका छन । बुझ्नु पर्ने कुरा के छ भने डेढ बर्ष अघिबाट यस सम्बन्धि विधेयक बनाउने प्रकृया सुरु भएको हो । सत्तापक्ष प्रतिपक्ष सबैलाइृ थाहा छ कि डेढ महिना अघि यो विधेयक संसदबाट पारित भएको थियो । २०७६ चैत्र ९ गतेको मन्त्रिपरिषद बैंठकले आयोग गठन गरेको हो । हामीलाई ९ गते कै मन्त्रिपरिषदले जिम्मेबारी दिएको हो । त्यसबेला देशमा लकडाउन थिएन, सामान्य ढंगले नै चलिरहेको थियो । नियमत मन्त्रिपरिषदको निर्णय राजपत्रमा प्रकाशित अलिपछि हुन्छ । तपाईलाई एउटा कुरा भनुँ–गर्भवती महिलाको पेटमा रहेको बच्चालाई अहिले कोरोना चलिरहेको छ, तँ जन्मन पाउदैनस् भन्न त मिल्दैन होला नी । उसले आफ्नो समयमा यसधर्तीमा पाइला टेक्नै पर्छ नी । त्यस्तै ९ गतेको मन्त्रिपरिषदको निर्णय आफ्नो समयमा राजपत्रमा प्रकाशित हुर्न पर्दथ्यो नी । त्यही भएको हो । यस्तो घाम जस्तो छर्लङ कुरोमा पनि राजनीतिको रोटी सेकाउने कार्यमा केही भूमाफिया र स्वार्थी समुह लागेका छन् । त्यस्ताले सृजना गरेको भ्रममा नपर्न आग्रह गर्दछु । भूमिहिनलाई लालपूर्जा वा आवास वितरण गर्ने बेलामा को कुन पार्टीको हो भन्ने हेर्नेछैनौं । सो साँचो भूमिहिन हो, उ अव जग्गाको मालिक बन्नेछ । भूमाफियाले अनाधिकृत रुपमा कब्जा गरेको, अनावश्यक रुपमा थुपारेको जग्गाहरु पनि आयोगले व्यवस्थित गर्नेछ । यसो हुँदा भूमाफियाहरुको निद्रा हराम भएको होला ।

भीम कार्कीको संक्षिप्त राजनैतिक जिवनी
स्याङ्जा२०३७ मा अनेरास्ववियुको सदस्यता प्राप्त
२०३८ मा स्व।वि।यु। सदस्य, शितलामा। वि ।
२०३८ मा पार्टी सम्पर्क टोल रक्षा दल, इलाका पार्टी सक्रिय दलमा संगठित
२०४० मा स्याङ्जा जिल्ला अनेरास्ववियु जिल्ला कमिटि सह( सचिब
२०४० मा पहिलो पल्ट आन्दोलन मा गिरफ्तार
२०४० मा स्याङ्जा जिल्ला अनेरास्ववियु जिल्ला कमिटि सह( सचिब
२०४१ मा स्याङ्जा जिल्ला अनेरास्ववियु जिल्ला कमिटि सचिब
२०४२ मा पटक पटक गिरफ्तार र २ महिना जेल चलान
२०४३ मा स्याङ्जा जिल्ला अनेरास्ववियु जिल्ला कमिटिउपाध्यक्ष, २०४४(४६ सम्म अध्यक्ष, राष्ट्रिय परिषद सदस्य९२०४४(४६ सम्म०
२०४३ फाल्गुन २४ गते पार्टी सदस्यता प्राप्त, जिल्ला फ्र्याक्सन सदस्य
२०४४(४६ सम्म गण्डकी अन्चल अनेरास्ववियु कमिटि सचिब
२०४६ मा स्याङ्जा बिध्यार्थी संयुक्त संघर्ष समिति को संयोजक
२०४६ फाल्गुन २ देखि चैत्र २७ सम्म जेल चलान
२०४७ बैशाख देखि २०४८ मंसिर सम्मस्याङ्जाजिल्ला पार्टी कमिटि सदस्य एवं कार्यलय सचिब
२०४८ मा गोर्खा जिल्ला कमिटि सचिवालय सदस्य, क्षेत्र नं २ संयोजक
२०५२ मा मनांग जिल्ला सचिब,
२०६२र६३ को आन्दोलन मा गिरफ्तार, हिरासत
२०५२(२०७० सम्म पार्टी को राष्ट्रिय प्रतिनिधि परिषद सदस्य
२०५८ देखि २०७० सम्म गण्डकी अन्चल कमिटि कार्यालय सचिब
२०६६ देखि २०७४ सम्म केन्द्रीय पार्टी स्कुल बिभाग सदस्य
२०७३ देखि २०७६ सम्म नेकपा गण्डकी प्रदेश कमिटि सदस्य एवं कार्यलय सचिब
२०७५ जेठ ३ देखि नेकपा केन्दीय कमिटि सदस्य
२०७६ बाट कास्की जिल्ला सह इन्चार्ज
०४९ मा पाँचौ, ०५४ मा छैठौ, ०५९ मा सातौ, ०६५ मा आठौ, ०७१ मा नवौ रास्ट्रिय महाधिवेशन प्रतिनीधि तत्कालिन नेकपा एमाले
दोस्रो, तेस्रो, चौथो, पाँचौ राष्ट्रिय प्रतिनीधि परिसद सहभागी ९तत्कालिन नेकपा एमाले०
नेकपा एमालेको गण्डकी अन्चलको मुखपत्र ९गण्डकी० को अंक ७(१६ सम्मको कार्यकारी सम्पादक
पुस्पलाल अध्यन केन्द्रको महासचिब
बलराम स्मृति प्रतिस्ठानको सचिब
रबिन्द्र स्मृति प्रतिस्ठानको सल्लाहकार

तपाईको प्रतिक्रिया