मनाङकाे ङिस्याङका ७६ घरपरिवारलाई राहत

मनाङ
ङिस्याङ गाउँपालिकाका ७६ घरपरिवारलाई राहत उपलब्ध गराइएको छ । विश्वव्यापी रुपमा कोभिड –१९ फैलिएसँगै देश बन्दाबन्दीमा रहेकाले गाउँपालिकाभित्र मजदूरी गरी जीवन गुजारा गरेका ती घरपरिवारलाई राहत उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताउनुभयो ।
मजदूरी गरी जीविकोपार्जन गरिरहेका उहाँहरुलाई एक बोरा चामल तथा नुन, तेल र आलु दिइएको छ । ‘गाउँपालिकाका ९ वटै वडामा बसोबास गरी ज्याला मजदूरी गरेर जीवन गुजारा चलाइरहेको परिवारलाई उक्त सामग्री उपलब्ध गराइएको हो, बन्दाबन्दी बढ्दै गएको छ, ज्याला मजदूरीविना जीविका चलाउन असहज भएका परिवारलाई राहत उपलब्ध गराएका हौंँ’, उहाँले भन्नुभयो ।
गाउँपालिका स्थानीयवासीको स्वास्थ्यमा समेत सचेत रहेको उहाँले बताउनुभयो । कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहनका लागि गाउँपालिकाले स्वास्थ्य सहायता कक्ष निर्माण गरी सचेतना प्रदान गरिरहेको छ ।
‘अन्य जिल्लामा कोभिड –१९को आरडिटी शुरु भइसकेको अवस्थामा मनाङमा किट आइपुगेको छैन, न त संक्रमणको परीक्षण गर्ने अरु माध्यम छ, संक्रमणबाट बचाउन भने गाउँपालिकाले द्रुत गतिमा काम थालेको छ,’ अध्यक्ष घलेले भन्नुभयो ।
गाउँपालिकाका ज्याला मजदूरहरु बन्दाबन्दीले ज्याला मजदूरी गर्न नसकेका अवस्थामा पाइएको राहतले जीविकोपार्जनमा सहज बनाएको बताउनहुन्छ ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया