अजित क्षेत्री
लामो गौरवपूर्ण इतिहास बोकेको लाखौं विद्यार्थीको लोकप्रिय नेपाल विद्यार्थी संघ (नेविसंघ) ले (वैशाख ६ गते) आफ्नो स्थापना दिवस मनाएको छ । नेपाल विद्यार्थी संघ आजको दिनसम्म आइपुग्दा राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकतालार्इ आफ्नो आदर्श मान्ने संघको गरिमामय झण्डा ती सहिदको क्रान्तिकारी रगतको रातो छाप र पञ्चायतकाल कोठरिमा २०२७ बैशाख ६ गते स्थापना देखि नै महानतम संघर्ष, पसिना, इमान्दारिताले सिन्चित छ, जहाँ प्रजातान्त्रिक राजनीतिक आन्दोलनको निम्ति रास्ट्र प्रेमी विधार्थीहरुले उठायको मसाल र सिर्जनाको प्रतीक विद्यार्थीकोकलम विद्यार्थी आन्दोलन, देशबासी र कांग्रेसको निम्ति आफ्नोपन दिइरहन सफल रह्यो । शैक्षिक रुपमा विश्वविद्यालयहरुमा शैक्षिक हिसाबले उठाउने एजेन्डाले नेविसंघलाई विद्यार्थीहरुको बीचमा लोकप्रिय बनाइ रहन सहयोग गर्दथ्यो । स्वतन्त्र विद्यार्थी युनियनको चुनावका नतिजाहरु नेबि संघले
उठाउने एजेन्डालाई अनुमोदन गर्ने माध्यम हुन, नेविसंघले ठूला र महत्वपूर्ण कलेजमा सधैं जित हासिल गर्दै पनि आयो ।मुलतः मुलुकको आवश्यकताले राजनीतिक मुद्दा देखिने गरी बढी उठ्दा पनि नेबिसंघले सधै शैक्षिक मुद्दामा कम ध्यान दिएको भान कहिलै भएन । मुलुकमा २००७ सालमा काङ्ग्रेसको नेतृत्वदायी भूमिका सहित बिपी कोइरालाले सुरु गर्नुभएको प्रजातान्त्रिक आन्दोलन, २०४६ मा गणेशमान सिंह नेतृत्वमा बाम गठबन्धन सहितको प्रजातन्त्रको पुनर्बहाली त्यसपछि सात राजनीतिक दलको आह्वानमा भएको
लोकतान्त्रिक आन्दोलन ६२/६३ को सफलता सँगै शान्ति प्रक्रियापछि संविधान सभा मार्फत मुलुकमा सुशिल कोइरालाको नेतृत्वदायी भूमिकामा संबिधान जारी रहदा मुल पार्टी काङ्ग्रेसको नेतृत्व मात्र होइन हरेक मुलुकको राजनैतिक परिदृश्यमा आम जनताले अनुभव गर्ने गरि नेपाल विद्यार्थी संघ जनताको बिचमा आस लाग्दो संगठनका रुपमा परिचित रह्यो । विकासक्रम र राजनीतिक सिद्धान्तको आधारमा समाज तथा राज्यलाई सञ्चालन तथा व्यवस्थित गर्ने क्रम सुरु भएपछि विभिन्न विचार दर्शनको बीचमा बिपी कोइरालाले आफूलाई प्रजातान्त्रिक समाजबादी
कित्तामा उभ्याय पछि सोको सबै भन्दा वैचारिक अनुयायीहरु उत्पादन नेपाल विद्यार्थी संघबाट नै हुन्थ्यो । आजको काङ्ग्रेसको नेतृत्व हाक्ने अधिकाशं नेताज्यूहरु नेपाल विद्यार्थी
संघका पृष्ठभूमि बाट नै रहनुभएको छ । नेपाल विद्यार्थी संघ आजपनी लाखौ विद्यार्थी आवद्ध विद्यार्थीहरु संगठन हो, जसका हरेक गतिविधिबारे आम विद्यार्थी, नागरिक समाजका सचेत व्यक्तित्वहरु, मित्रवत संगठनर सम्पूर्ण शैक्षिक क्षेत्रले नियालिरहेको हुन्छ राजनैनिक परिवर्तन पछि अबको एजेन्डा के त समग्र विद्यार्थी आन्दोलनको ? भन्ने गम्भीरता जनमानसमा उठेका प्रश्नहरुको जवाफ दिन नेपाल विद्यार्थी संघले सधै सक्नुपर्छ ।सूचना प्रबिधिको आजको युगमा सामाजिक न्यायलाइ नेपाल विद्यार्थी संघले आफ्नो दायित्व सम्झनुपर्छ, समाजमा कोहि पनि विद्यालय जाने उमेरका विद्यार्थी विद्यालय बाहिर नरहून भन्नका लागि अनिवार्य व्यावहारिक बैज्ञानिक र जीवन उपयोगी शिक्षा राज्यको जिम्मेवारी हुनुपर्छ भन्ने विषय विद्यार्थी संगठनका लागि पहिलो एजेन्डा हो । साथैसंगै विद्यालयमा भर्ना भएका १०० विद्यार्थी मध्ये करिब ३० मात्र विद्यालय तहको अन्तिम खुड्किला सम्म पुग्छ्न । यसको मुल कारण के हुन सक्छ ?
के विद्यालयमा पढेर भोलिको जीबनमा रोजगारी, सीप, योग्यता, ज्ञानको आधारमा जिबनयापन गर्न सकिँदैन त भन्ने नै हो त ? त्यसो
हो भने विद्यालय तहको शिक्षा प्रणालीमा कमजोरी फेर्ने कुरामा हाम्रो तत्परता किन छैन ? गरिबी लगायतको कारणले हो भने उचित विद्यार्थी सहयोग भत्ता किन नदिने, बास्तबिकतामा विद्यालय तहमा हुने
अनावश्यक राजनीतिकरण, नयाँ संघीय शिक्षाको ब्यबस्था अनुसार व्यावहारिक जीवन उपयोगी शिक्षार प्रणालीगत पुर्नगठन
नेविसंघलेअबको दिनमा उठाउनुपर्ने एजेण्डा हुन् । राष्ट्रिय शिक्षा नीतिले नीतिगत रुपमा विद्धालय तहलाई (१-१२)सँगै सिटिइभिटि प्राविधिक एसइई, १५/२४ महिने तालिमहरुर डिप्लोमा कोर्श सन्चालन हुँदै आएका छन् । यी तालिममा लक्षित बर्गको पहुँचमा कतिको छ ? अझ धेरै प्राबिधिक सिट मार्फत नेपालमै रोजगारी, व्यावसायिक युवाहरू उत्पादनवा परम्परागत अदक्ष कामदार बिदेश पठाउनु भन्दा दक्ष श्रमिक रोजगारीमा पठाउदा बैयक्तिक र राज्यलाइ नै फाइदा मुलक हुन सक्छ । दक्ष जनसक्ती कति हो, मुलुकमा ब्याबसायिक कृषि क्रान्ति गर्ने हो भने कृषि बिज्ञ, भेट्नरी प्राविधिक कति आवश्यक हो, ब्यबस्थापन पढेका वा शिक्षक कति चाहिने हो भन्नेबिषय बहस र उनीहरुलाई उपयुक्त शिक्षाको वातावरण, छात्रवृत्ति, प्रयोगात्मक ज्ञान लगायत शैक्षिक बाताबरण र रोजगारीको अबसर लगायतमा बृहत् बहस र यसलाई एजेन्डा बनाउने तर्फ नेपाल विद्यार्थी संघ अग्रसर हुनुपर्ने छ ।राष्ट्रिय आवश्यकता अनुसारको दक्ष जनशक्ति निर्माण मात्रै होइन हाम्रो श्रोत साधन परिचालन मार्फत अन्तर्राष्ट्रि शैक्षिक हब बनाउन विश्वविद्यालय तहको शिक्षा लाई अझ अनुसन्धानमूलक विशिष्टिकृत गर्ने बिषयमा राष्ट्रिय बहस सिर्जना पनि नेबिसंघले गर्नुपर्छ । २१ औ
शताब्दीको विश्वबजार सँग प्रतिस्पर्धा गर्ने जनशक्ति तयार गर्न सकोस तर अहिले नेपालमा सबै जसो विश्वविद्यालय चरम राजनैतिक हस्तक्षेपको सिकार छन् । गाउँका स्कुलकाव्यबस्थापन समिति गठन, शिक्षक नियुक्ति लगायत स्थानीय सरकारको गलत हस्तक्षेपको समस्या पनि कम सकसपूर्ण छैन । यो बारेमा बोल्ने मात्र हैन राष्ट्रिय एजेन्डा बनाई बृहत छलफल र बहसका माध्यमले शिक्षा क्षेत्रमा गलत नियत सहित गरिने राजनीतिक हस्तक्षेप प्रती प्रश्न उठाइ शैक्षिक बाताबरण कायम गराउनु पर्दछ । अहिले विश्वभर कोरोनाले विश्व आतंकित पारेको अबस्थामा देश भरका लाखौंनेविसंघ सदस्यलाईस्वयंसेवकको रूपमा परिचालित गर्दैसामाजिक दुरि कायम राख्ने, नियमित साबुनपानीले हात धुने, मास्कको प्रयोग गर्ने, लगायत साबधानी र लकडाउन पालन गर्ने गराउने कार्यमा परिचालन गर्नुपर्ने उपयुक्त देखिन्छ । यी विषम परिस्थितिमा कालोबजारी, राहतमा अनियमितता, र भाडामा बस्ने विद्यार्थीहरुको समस्या समाधान पनि नेविसंघले बोल्नुपर्ने बिषय हो ।गलत अर्थ नलाउने हो भने, हरेक संकटमा यो एउटा अबसर पनि बन्न सक्छ नेपालको शैक्षिक प्रणालीमा व्यापक परिवर्तनको अबसरबन्न सक्छ नेपाल विद्यार्थी संघको अगुवाईमा अनलाइन कक्षा तत्काल सुरु गराउनर विभिन्न शैक्षिक एपनिर्माण गरी विद्यालयदेखि बिश्व बिद्धालयसम्मका अध्ययन अध्यापन सुचारु गर्न सके एउटा महत्त्वपूर्ण उपलब्धि हुनेछ र यस लगायत अन्य समसामयिक आम चासोको बिषय एजेन्डा हुन सक्छ्न् । मुलुकमा ब्याप्त भ्रष्टाचारजन्य बाइडबडी जहाज काण्ड, नेपाल टेलिकमको अरबौ भष्टाचार काण्ड, एनसेलको कर छली, सेकुरिटी प्रिन्टिङ मेसिन खरिद, यति घोटाला (नेपाल ट्रस्ट), बिजुली बस काण्डदेखि कोरोनाको कहरको बीच ओम्नी काण्डसम्म आइपुग्दाका घटनाहरूबारे बोल्ने प्रयास त भयो तर मुल एजेन्डाकै रुपमा भ्रष्टाचारको भण्डाफोर गर्ने बिषय अझै प्रभावकारी भएको देखिन्न । सामाजिक रुपमा
रहेका विभेदको विरुद्ध सामाजिक समानता र न्यायको लागि देशमा उठ्ने हरेक हरेक पहिलो आवाज नेपाल विद्यार्थी संघको हुनुपर्छ । क्षेत्री नेविसंघ स्याङ्जाका नेता हुन्
तपाईको प्रतिक्रिया