मनाङमा छैन औषधी अभाव

काठमाडाैं
मनाङका सबै स्थानीय तहमा सरकारद्वारा उपलब्ध हुने ७० किसिमकै औषधी सञ्चित रहेको जनाइएको छ ।
मनाङ जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र चार वटै स्थानीय तहका स्वास्स्थ्य शाखामा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी कार्यरत रहेको र नेपाल सरकारद्वारा प्रत्येक नागरिकलाई निःशुल्क उपलब्ध हुने ७० किसिमका औषधि चालु आर्थिक वर्षको अन्तिम (असार मसान्त) सम्म पुग्ने गरी पर्याप्त मात्रामा भण्डार रहेको स्पष्ट पारिएको छ ।
ती पालिकामा सिटामोललगायत औषधि अभाव भन्ने आशयका समाचार कतिपय सञ्चारमाध्यममा प्रकाशन भएकामा आपत्ति जनाउँदै जिल्लाका स्थानीय तहले भ्रमित सूचनाका पक्षमा नलाग्न आग्रह गरेका हुन् । औषधिहरु उपचारका क्रममा उपलब्ध गराइँदै आएको पनि जनाइएको छ ।
मनाङका गाउँपालिकाका अध्यक्ष नासोँका चन्द्र घले, चामेका लोकेन्द्र घले, ङिस्याङका कान्छा घले र नार्पाभूमिका प्रशासकीय अधिकृत दीपेन्द्र पण्डितले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाई औषधी अभाव भन्ने खालको सूचनाको खण्डनका लागि आग्रह गरेका थिए ।
सो पत्रका आधारमा मनाङका सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले सबै पालिकाका अध्यक्ष एवं प्रतिनिधिका धारणा सार्वजनिक गर्नुभएको हो । रासस









अन्नपूर्णका विद्यार्थीलाई प्राथमिक उपचार तालिम, आयुष विक प्रथम
राजनीतिक सन्देशसहितको ‘बल्क एसएमएस’ एनसेलका ग्राहकलाई नपठाएको कम्पनीको स्पष्टीकरण
निर्वाचन आउन ४९ दिन बाँकी : सुरक्षा गोष्ठी सम्पन्न, अति संवेदनशील मतदानस्थल ३ हजार ६ सय
कांग्रेस विशेष महाधिवेशन : गगन थापा सभापतिमा निर्विरोध, विश्वप्रकाश र पुष्पा उपसभापति- सूचीसहित
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया