एनएमबी बैंकद्वारा पोखरा महानगरपालिकालाई खाद्यान्न हस्तान्तरण
समाधान संवाददाता
२०७७ वैशाख ८ गते १५:३०
लकडाउनका बेला खान नपाएर भाेकै परेकाहरुकाे सहयाेगका लागि एनएमबी बैंकले अतिआवश्यक सामग्री प्रदान गरेकाे छ ।
एनएमबि बैंकका गण्डकी प्रदेश प्रमुख गणेश पराजुलीले कोभिड–१९ महामारी विरुद्धकोे लकडाउनले गर्दा भएको खाद्यान्न अभाव परिपूर्ति गर्न ७ सय ५० किलो चामल र २ सय ५० किलो दाल पोखरा महानगरपालिकाका नगर प्रमुख मानबहादुर जिसीलाई नगर प्रमुखको कार्यालयमा हस्तान्तरण गरेका हुन् ।
कोभिड–१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय÷व्यक्तिलाई सहयोग पु¥याउने उद्देश्यका साथ एनएमबि बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ गरेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया