दुबई जान त रोक्यो रोक्यो घर पुग्न नि वाधक बन्यो कोरोना

अनुप पौडेल, पोखरा
साथीभाइ गाउँ पुगिसके । गाउँ पुगेकाहरु फोन गर्छन् अनि भन्छन्, ‘हामी त आइपुग्यौं । तिमीहरु कहिले आउँछौ ?’ पश्चिम रुकुमको चौरजहारीका पहल केसी जवाफ दिन्छन्, ‘२÷४ दिनमा आइपुग्छु होला ।’ पोखराको नवप्रभात माध्यमिक विद्यालयमा दिन कटाइरहेका उनी घर कहिले पुगिन्छ भन्ने पर्खाइमा छन् ।
भर्खर १८ वर्ष पुगेका उनी काम गर्न गाउँकै अरु ८ जना दाइसँगै ४ महिना पहिले गोरखा पुगेका थिए । सबै मिलेर गोरखाको फिनाम गाउँमा भूकम्पले भत्काएको घर बनाउने गर्थे । काम सकेर घर फर्किने तयारी गरिरहँदा लकडाउन सुरु भयो । लकडाउनकै बीच १२ दिनसम्म काम गरिरहे । काम सकियो तर लकडाउन खुलेन ।
कोरोना नदेखिएको भए पहल र नरबहादुर अहिले दुबईमा काम गरिरहेका हुन्थे । पुस पहिलो सातामै पैसा बुझाएर काम गर्न गोरखा पुगेका थिए । तर कोरोनाले विदेश गएर पैसा कमाउने योजना अधुरै रह्यो ।
हप्ता दिनमा खुल्छ भनेर कुरिरहे । त्यति बेलासम्म स्थानीयले दिएको चामल र वडाले दिएको राहतले ९ दाजुभाइको गुजारा चलिरहेकै थियो । पहल भन्छन्, ‘राहत सकिन लाग्दा गाउँका युवामार्फत वडामा राहतका लागि पहल ग¥यौं । केही लागेन अनि मागेरै कति बस्ने भनेर घर जाने योजना बनायौं ।’
घरबाट आमाबुवाले दैनिकजसो उनको हालखबर सोधिरहन्छन् । दैनिक ज्यालादारीमा काम गर्ने सबैले घर खर्च भनेर सबै पैसा घर पठाइसकेका थिए । पाकेट खर्च भनेर राखेको पैसा जोरजाम गर्दा २५ सय पुग्यो । अनि शुक्रबार बिहान चाउचाउ र चिउरा किनेर त्यहाँबाट हिँड्यौं,’ उनले सुनाए । हिँडेरै आउँदा ४ दिन लाग्ने पोखरा उनीहरु २ दिनमा आइपुगे । रात होस् वा दिन हिँडिरहे ।
‘पानी पर्दा बीचमा २ घन्टा एउटा प्रतीक्षालयमा आराम ग¥यौं । नत्र त हिँडेको हिँडै,’ पहलसँगै रहेका उनका गाउँले दाइ नरबहादुर बुढाथोकीले भने । झन्डै साढे ५ सय किलोमिटरको दुरी ५ दिनमा पार गर्नेे योजना थियो । जब १ सय १५ किलोमिटर हिँडेर पोखरा आइपुगे त्यसपछि घर पुग्ने यात्रामा ब्रेक लाग्यो ।
आफ्नो ठाउँमा अपरिचित मान्छे देखेपछि पोखराको पुरानोधाराका स्थानीयले रोके । २ दिनदेखि भोकभोकै हिँडेको थाहा पाएपछि स्थानीयले खानेबस्ने व्यवस्था गरिदिने र मिलेसम्म घरै पु¥याइदिने आश्वासन दिए । ९ दाजुभाइले पनि त्यस्तो व्यवस्था भए आफूहरुलाई पनि राम्रै हुने ठाने । स्थानीय प्रमिला तझ्याले पोखरा–९ का वडा सचिव लोकदर्शन कोइरालालाई फोन गरिन् । उनले पहल गरेपछि नवप्रभात स्कुलले बस्न ठाउँ दियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र मर्सानी रेडक्रसमा आवद्ध भएकाले उनले ओढ्ने, ओछ्याउने उपलब्ध गराए । अहिले ९ जना दाजुभाइलाई घर पठाउनका लागि प्रशासनसँग अनुमति लिनका लागि पहल भइरहेको अध्यक्ष मरसानीले सुनाए । स्थानीयले पनि स्वतस्फूर्त खाद्यान्न सहयोग गरिरहेको उनले बताए ।
‘हामीले उहाँहरुलाई घर पठाउन पहल गरिरहेका छौं । खानबस्न कुनै समस्या छैन । कसैले अन्डा, कसैले तरकारी, कसैले मासु उपलब्ध गराइरहनु भएको छ,’ उनले सुनाए । स्थानीय आमा समूहले बिहान÷बेलुका पकाएर खुवाइरहेका छन् । अपरिचित मान्छेलाई देखाएको लोभलाग्दो मानवीयता देखेर ९ जना दाजुभाइ दङ्ग छन् । तर उनीहरुलाई यसरी बसिरहनभन्दा घरै पुग्न मन छ ।
‘पोखरामा मासुभात खाएर बसिरहनभन्दा घर जान मन छ । घरै गएर सुतम्ला भनेर दिनरात हिँडेर ५ दिनमा घर पुग्ने भनेको,’ पहलले सुनाए । कोरोना नदेखिएको भए पहल र नरबहादुर अहिले दुबईमा काम गरिरहेका हुन्थे । पुस पहिलो सातामै पैसा बुझाएर काम गर्न गोरखा पुगेका थिए । तर कोरोनाले विदेश गएर पैसा कमाउने योजना अधुरै रह्यो । एजेन्टले कोरोनाका कारण तत्काल विदेश पठाउन नसकिने बताएपछि अहिले निराश छन् । ‘एजेन्टलाई भन्दा जेठसम्म हुन्छ भनेको थियो । अहिले यस्तो महामारी भयो,’ पहलले सुनाए ।
गाउँघरका अरु दाजुभाइ तिनै एजेन्टमार्फत वैदेशिक रोजगारीमा गएको देखेका उनीहरुले पुसमै जनही साढे दुर्ई लाख बुझाएका थिए । नरबहादुरले आफैले कमाएको पैसा एजेन्टलाई बुझाए । भर्खर किशोरावस्था पार गरेका पहल पहिलोपटक कामका लागि गोरखा पुगेका थिए । पहलले सुनाए, ‘म बल्ल काम गर्न हिँडेको । मलाई दुबई पठाउन आमाबाले ऋण काढ्नु भएको थियो ।’







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया