नेकपा सचिवालयको आकस्मिक बैठक बालुवाटारमा जारी

समाधान संवाददाता २०७७ वैशाख ८ गते १७:४२

काठमाडाैं

Advertisement

सत्ता सञ्चालमै दलभित्र किचलाे सुरु भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आकस्मिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरे लगतै अध्यक्ष पुष्पकमल दाहालकाे आग्रहमा सोमबार सचिवालय बैठक बोलाइएको हो।

मन्त्रिपरिषद बैठको निर्णय बाहिरिएपछि नेताहरुले सचिवालय बैठक माग गरेपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भई सचिवालय बैठक बोलाइएको १ नेताले जानकारी दिए।

Advertisement

तपाईको प्रतिक्रिया