भीरकाेटकाे सहायता काेषमा सहयाेग

भीरकाेट
लकडाउनका कारण साँझ बिहान हात मुख जोड्नबाट वञ्चित र चुलो बल्न नसक्ने ज्याला र मजदुरी गरी खाने अति विपन्न घर परिवारलाई प्रदान गर्नका लागि विभिन्न संघ संस्थाले नगरपालिकाकाे सहायता काेषामा सहयाेग गरेका छन् ।
सूर्योदय सहकारी सस्था स्याङ्जाबाट १० हजार र सन्त निरंकारी मण्डल बयरघारी शाखाका मुखी यमबहादुर खत्री, सञ्चालक कुलबबहादुर केसी, सदस्य कृष्ण थापा, मनaहादुर केसी र कृष्ण गोदारसहितले नगरपालिकाकाे कोषमा जम्मा हुने गरी नगद ६० हजार प्रदान गरेका छन् ।
रकम बझ्दै नगर प्रमुख छायाराम खनालले सन्त निरकांरी मण्डल बयरघारीले नमूना भीरकोट निर्माणमा सकारात्मक सहयोग पुर् याउँदै आएको भन्दै राहत स्वरुप प्रदान गरेको रकमलाई परिवार हेरी प्याकेजमा दोस्रो चरणमा राहत वितरण गर्ने बताए ।
नगरपालिका नगर वासीको हेरक दुख सुखमा साथमा रहेको बताउँदै कुनै पनि नागरिक भोकै मर्न पर्ने अवस्थाको सिर्जना हुन नदिने भन्दै नगरप्रमुख खनालले कोरोना भाइरस र लक डाउनबाट नआत्तिन आग्रह गरे ।
हाल सम्म भीरकोट नगरपालिकाको कोषमा नगद र जिन्सी गरी ६ लाख जम्मा भएको नगर प्रवक्ता दीपेन्द्र केसीले बताए ।
तपाईको प्रतिक्रिया