राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा २ अध्यादेश जारी

समाधान संवाददाता २०७७ वैशाख ८ गते २०:२६

काठमाडाैं

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साँझ २ अध्यादेश जारी गरेकी छन्।

साेमबार दिउँसो बसेको मन्त्रिपरिषद्ले पारित गरेका राजनीतिक दल विभाजन र संविधानिक परिषद्को गणपूरक संख्यासम्बन्धी अध्यादेश राष्ट्रपति भण्डारीले साँझै पारित गरेकी हुन्।

यसअघि दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दलमा कम्तीमा ४० प्रतिशत बहुमत हुनुपर्ने कानुनी प्रावधान हटाएर २ मध्ये १ मा बहुमत भए पुग्ने व्यवस्थासहित अध्यादेश जारी गर्ने निर्णय गरेको थियो। त्यस्तै संवैधानिक परिषदको बैठकमा गणपूरक संख्या ५ जनाबाट ४ जनामा झार्ने अध्यादेश पनि मन्त्रिपरिषद्ले पारित गरेको थियो ।

ती अध्यादेश आजै राजपत्रमा प्रकाशन गर्ने तयारी भइरहेको कानुन मन्त्री शिवमाया तुम्बाहाम्फेले जानकारी दिइन्।

Advertisement

राष्ट्रपतिले जारी गरेका अध्यादेश संसद अधिवेशन सुरू भएको ६० दिनभित्र संसदको बहुमतबाट पारित हुनु पर्ने संवैधानिक प्रावधान छ।

सचिवालय बैठकलगत्तै प्रधानमन्त्री पुगे बालुवाटार

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास गएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नेकपाको सचिवालय बैठक सकेर प्रधानमन्त्री ओली केहीबेरअघि  शीतल निवास गएका हुन्।

मन्त्रिपरिषद्ले अकस्मात राजनीतिक दल विभाजनको व्यवस्था खुकुलो बनाउँदै विधेयक ल्याएपछि नेकपाको सचिवालय बैठक बसेको थियो।

तपाईको प्रतिक्रिया