मुस्ताङलाई ग्रिन जोन घोषणा गर्ने तयारी

एसके थकाली, जोमसोम
हिमाली जिल्ला मुस्ताङलाई कोरोना मुक्त ग्रिन जोन घोषणा गर्ने तैयारी थालिएको छ। जिल्ला कमाण्ड पोष्ट मुस्ताङले हालसम्म जिल्ला भित्रका ५ वटै स्थानीय तहमा कोरोना संक्रमित कोही व्यक्ति नभेटिएको र यसबारे केही दिनभित्रै संकास्पद व्यक्तिहरुको ¥यापिड परीक्षण गरी अन्तिम टुङ्गो लगाईने जनाईएको छ ।
सबै प्रक्रिया पूरा गरी कोरोना मुक्त ग्रिन जोन जिल्ला घोषणा गर्न प्रादेशिक सरकारलाई अनुरोध गर्ने तैयारी भईरहेको कमाण्ड पोष्टले बताएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कमाण्ड पोष्टका संयोजक वेदप्रकास अर्यालले कोरोना मुक्त ग्रिन जोन घोषणा गर्नका लागि प्रदेश सरकारसंग प्रारम्भिक चरणको मौखिक कुराकानी भएको जानकारी दिए ।
उनले ग्रिन जोन घोषणाका लागि एकसाता भित्रै प्रदेश सरकारलाई सिफारिस गर्ने जनाए । मुस्ताङमा कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले गरेको लक डाउनको २९ औ दिन पुरा भएको छ । कोरोना नियन्त्रणका लागि जिल्लाले उच्चसर्तकता अपनाएको र हालसम्ममा कुनै कोरोना संक्रमित व्यक्तिहरु नभेटिएको कमाण्ड पोष्टका संयोकज प्रजिअ अर्यालले बताए ।
उनका अनुसार जिल्लाका ५ वटै स्थानीय तहबाट कोरोना संम्भावित सक्रमित व्यक्ति छन् भन्ने जानकारी नआएको ,विदेशबाट आएका ३ वटा गाउपालिकाका केही व्यक्तिहरुको द्रुत ¥यापिड परीक्षण भईरहेको र स्थानीय स्तरमा ज्यालादारी काम गर्ने मजदुरहरुमा समेत कोरोना भाईरसको समस्या नदेखिएकाले ग्रिन जोन घोषणा गरी जिल्लालाई खुकुलो पार्ने योजना रहेको छ । प्रजिअ अर्यालले २÷४ दिनभित्रै कोरोना परीक्षण ¥यापिड टेष्ट गर्ने काम सम्पन्न हुने र यसका आधारमा म्याग्दी र मुस्ताङको सीमाक्षेत्र घासालाई पूर्ण रुपमा नियन्त्रणमा लिई जिल्ला भित्र लक डाउनको अन्त्य गरिने उल्लेख गरे । ग्रिन जोन घोषणा गरेपछि म्याग्दी र मुस्ताङको नाकामा थप कडाई हुने जनाईएको छ ।
उत्तरी कोरलानाकामा खासै समस्या नरहेको र म्याग्दीबाट मुस्ताङ प्रवेश गर्ने खाद्यान्न लगायतका अतिआवश्यकीय सेवाका सवारी साधनलाई अनिवार्य डिसईन्फेक्सन गराईने तैयारी भईरहेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ । म्याग्दी हुदै मुस्ताङ आउने अतिआवश्यकीय सेवाका सवारी चालकलाई अनिवार्य ¥यापिट डाईगोनोष्टिक परीक्षण गराएरमा मात्र सोका आधारमा प्रवेश दिईने व्यवस्था गरिने कमाण्ड पोस्टले योजना बनाएको छ । ग्रिन जोन घोषणापछि जिल्ला भित्रको सवारी तथा सर्वसाधारणको आउजाउ सहज पार्ने जनाईएको छ ।
तपाईको प्रतिक्रिया