हतारमा ल्याइएका अध्यादेशप्रति कांग्रेस गण्डकी प्रदेश ससंदीय दलको आपत्ति

पाेखरा
नेपाली कांग्रेस गण्डकी प्रदेश ससंदीय दलले सरकारद्वारा ल्याइएका २ अध्यादेशप्रति असहमति प्रकट गरेको छ ।
अलोकतान्त्रिक एवं सविंधानको मर्म विपरितका विधेयक तत्काल फिर्ता गर्न माग गर्दै अन्य राजनीतिक खेलभन्दा माथि उठेर कोरोनबाट जनताको जीवन रक्षामा सम्पूर्ण रुपले केन्द्रित हुन संघीय सरकारलाई अपिल समेत गरेको छ।
दलका नेता कृष्णचन्द्र नेपालीले जारी गरेको विज्ञप्तिमा संविधान निर्माण गरिरहँदा राजनीतिक अस्थिरताको अन्त्यको बन्दोबस्त गरिएको उल्लेख छ । संवैधानिक नियुक्तिहरुको साझा स्वामित्वको परिकल्पना गरिएको पनि नागरिकको जीवन सकंटमा परिरहेको घडीमा सरकारले चालेको कदम र राष्ट्रपतिबाट हतारमा गरिएको प्रमाणीकरणले यी सबै व्यवस्थाहरुलाई हठात् उल्लंघन गरेको कांग्रेसको आरोप छ ।
कोरोनाले विश्व अाक्रान्त बनाइरहेका बेला संवैधानिक परिषद सम्बन्धी र राजनीतिक दल सम्बन्धी २ अध्यादेश जारी गर्न जनताको प्रतक्ष्य समस्यामा सरकार केन्द्रित नहुनु दुखद अवस्था रहेको ससंदीय दलका उपनेता मेखलाल श्रेष्ठले बताए ।









रास्वपा र बालेनबीच पार्टी एकता : रवि सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया