जमाती कै लापरवाहीका कारण नेपाल खतरामा, ४२ पुगे संक्रमित

समाधान संवाददाता २०७७ वैशाख ९ गते २२:१२

समाधान संवाददाता

भारतमा तबलिकी जमातीको लापरवाहीका कारण कोरोना भाइरसको महामारी फैलिए जस्तै नेपालमा पनि त्यस्तै घटना दोहोरिएको छ । भारतबाट आएर उदयपुरको एक मस्जिदमा लुकेर बसेका तिनै मुस्लिमका कारण त्यो ठाउ नेपालको सबै भन्दा खतरनाक ठाउ बनेको छ ।

उदयपुर मंगलबार थप ११ जना कोरोना भाइरस संक्रमित भेटिएपछि देशमा संत्रलमितको संख्या ४२ पुगेको छ । यो जिल्लामा सङ्क्रमितको सङ्ख्या लगातार बढेर २४ पुगेको छ।

Advertisement

त्यहाँको एक मस्जिदमा रहेका एक १३ जना मुस्लिम समुदायका मानिसमा यसअघि नै कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो। यी मध्ये अधिकांश भारतीय हुन । र उनीहरु मस्जिद भित्र लुकेर बसेका थिए । उनीहरु भारतमा सम्पन्न त्यही विवादास्पद मुस्लिम भेलामा सहभागी भएर लुक्न नेपाल आएका मु्िरस्लम भ्रएको बताइएको छ ।

उनीहरुसंग सम्पर्कमा आएका ११ जना स्थानीयको पनि कोरोना परिक्षण पोजिटिभ देखिएपछि यो भाइरस समुदायस्तरमा फैलिएको हुन सक्ने आशंका गरिएको छ ।

Advertisement

साँझ थप १० जनामा पनि सङ्क्रमण पाइएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बीबीसीलाई जानकारी दिएका छन्। तीमध्ये ९ जना पुरुष र २ जना महिला रहेका बताइएको छ।

योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ४२ पुगेको छ।

वीरगञ्जमा गत साता तीनजनामा सङ्क्रमण पुष्टि भएको र लगत्तै उदयपुरमा धेरै सङ्ख्यामा पुष्टि भएपछि ती दुई स्थानलाई लक्षित गरेर सङ्क्रमणको परीक्षण दायरा फराकिलो पारिएको अधिकारीहरूले बताएका थिए।

ती दुई स्थानमा सङ्क्रमितहरूको सम्पर्कबारे सूचना लिएर शङ्कास्पदहरूको नमुना जाँच भइरहेको बताइएको थियो।

वीरगञ्जमा २२१ जना र उदयपुरमा ३२० जनाको पीसीआर विधिमार्फत् अनि अन्यको द्रुत विधि आरडिटीमार्फत् जाँच भइरहेको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बताएका थिए।

तपाईको प्रतिक्रिया