उदयपुरमा थप ३ जना कोरोना संक्रमित, नेपालमा ४५ जना पुगे
समाधान संवाददाता
२०७७ वैशाख १० गते १६:४९

समाधान संवाददाता
पूर्वी नेपालको उदरपुरमा बुधबार थप ३ जना कोरोना भाइरसका पोजिटिम मानिस फेला परेका छन । उदयपुरको हटस्पट बनेको भुल्के एरिया मै थप तीन जना संक्रमित भएको पुष्टी भएको हो । यो संगै नेपालमा संक्रमितको संख्या ४५ पुगेको छ ।
धरानको प्रयोगशालामा उनीहरुको परीक्षण गर्दा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
२४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरूषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। यी तीनै जनालाई उदयपुरको भुल्केस्थित मस्जिदबाट मोरङको टाँडीमा रहेको नेपाली सेनाको क्वारेन्टाइनमा राखिएको थियो। यसअघि उनीहरूको समूहका १६ मध्ये १३ जनामा कोरोना संक्रमण देखिएको थियो।
मंगलबार उदयपुरको भुल्केमै ११ जनामा कोरोना संक्रमण देखिएको थियो।
सम्बन्धित









अन्नपूर्ण क्षेत्रमा ११ महिनामा पौने ३ लाख पर्यटक, अप्रिलमा सर्वाधिक
बेनी–जोमसोम–कोरला सडक : १३ पुल निर्माण सम्पन्न, ३ वटा अन्तिम चरणमा
गुप्तेश्वरका एमबिए विद्यार्थीको ‘फिल्ड भिजिट’ मा कालाबाङ होमस्टे पुग
चिल्ड्रेन नेपालको २९ औं साधारणसभा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया