पार्टीको स्थापना दिवसमा नेकपा गण्डकी इन्चार्ज एवं मुख्यमन्त्री गुरुङकाे शुभकामना

पोखरा
नेकपा गण्डकी इन्चार्ज एवं मुख्यमन्त्री गुरुङले नेपाल कम्युनिष्ट पार्टीको ७१ औँ स्थापना दिवसको शुभकामना व्यक्त गरेका छन् ।
गुरुङले विज्ञप्ति मार्फत् आजको दिन नेपालको कम्युनिष्ट आन्दोलन एवं नेपाली सर्वहारा श्रमजीवी वर्गका जनताको लागि विशेष दिन भएको र आजकै दिन विश्व सर्वहारा ्एवं श्रमजीवी वर्गका नेता लेनिनको जन्मदिन पारेर २००६ साल वैशाख १० गर्ते (२२ अप्रिल १९४९) नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको भन्दै नेपाल कम्युनिष्ट पार्टीको ७१ औँ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरेका हुन् ।
उनले भनेका छन्, पुष्पलाल लगायत नेपाल कम्युनिष्ट पार्टीका संस्थापकहरु एवं नेपालको कम्युनिष्ट आन्दोलनलाई आजको उचाइसम्म ल्याइपु¥याउन योगदान गर्नुहुने सवै अग्रजहरुप्रति उच्च सम्मान प्रकट गर्दछु ।
बिज्ञप्तिमा देशका दुई ठूला कप्युनिष्ट पार्टी नेकपा(एमाले) र नेकपा(माओवादी केन्द)ं वीच ऐतिहासिक एकता सम्पन्न भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठन भएपश्चात नेपालको कम्युनिष्ट आन्दोलनले देशभित्र मात्र होइन विश्व कम्युनिष्ट आन्दोलनमा समेत नयाँ पहिचान र उचाई स्थापित गर्न सफल भएको उल्लेख छ ।
नेपालको कम्युनिष्ट आन्दोलनले आफ्नो निर्दिष्ट लक्ष्यमा सफल भई विश्व कम्युनिष्ट आन्दोलनलाई समेत दिशानिर्देश गर्न सक्नुपर्ने उनले जनाएका छन् । यतिवेला पार्टीलार्ई वैचारिक, सैद्धान्तिक, सांगठनिक एवं भावनात्मकरुपमा अझै एकतावद्ध र सुदृढ वनाउनु हामी सवैको मुख्य कार्यभार रहेकाे उनले उल्लेख गरेका छन् ।








नेका धादिङ पोखरा समितिको रक्तदानमा ४६ पिन्ट रगत संकलन
शुभप्रभात सहकारीमा विश्वको नेतृत्व
शान्ति श्रीष मगरको नयाँ गीत
प्यारामाउन्ट पब्लिक स्कुलको अभिभावक दिवस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया