ला ग्रान्डी कलेजमा अनलाइन कक्षा तथा सेमिनार

पाेखरा
लकडाउनका बेला पाेखराकाे ला ग्राण्डी इनटरनेसनल कलेजले अनलाइन कक्षा तथा सेमिनार सञ्चालन गरेको छ ।
लकडाउनको समयमा पनि शिक्षण सिकाई क्रियाकलापलाई निरन्तरता दिँदै उक्त कलेजले असहज परिस्थितिमा पनि अनलाइन कक्षाहरु सञ्चालन गरेको हो ।
स्कुल, कलेज, ब्यापार ब्यवसाय, कलकारखाना, बैंक आदि सम्पूर्ण बन्द भएको अवस्थामा पनि बिसिए, बिबिए र बिपिएचको अध्यापन गराउने प्रविधिमत्री उक्त कलेजले लकडाउनको समयमा प्रविधिको उचित उपयोग गर्दै नियमित शिक्षकहरुबाट शैक्षिक गतिबिधि सञ्चालन गर्नुका साथै विभिन्न विधाका विशेषज्ञहरुबाट समेत वेबिनार सञ्चालन गरिरहेको छ ।
हालै मात्र विद्यार्थीहरुको अनलाइन पठनपाठनका अलावा व्यवहारिक र व्यावसायिक ज्ञान र सीप विकासका लागि श्रोत व्यक्तिहरु क्षितीज पुरी, राजन कोइराला र रेनुका ढकालद्वारा क्रमशः ब्यवसायिक दक्षता तथा नयाँ व्यवसाय संचालनका चुनौती, संवेज्ञात्मक ज्ञान अभिबृद्द्धि र विश्व स्वास्थ्य संगठनले निर्देश गरेको स्वास्थ्य सम्बन्धी विभिन्न विषयहरुमा वेबिनार सम्पन्न भैसकेको छ ।
समयको आवश्यकतासंगै विद्यार्थी एवं शिक्षकहरुको समयको उचित सदुपयोग गर्दै सीप विकासका लागि थप बिशेषज्ञहरुलाई सम्पर्क गरिसकेको र कलेजका यस्ता गतिबिधि निरन्तर जारी राख्ने कलेजका प्रिन्सिपल किरण केसीले जानकारी दिए ।







जेन्जी आन्दोलनमा गण्डकीमा ३ जनाको ज्यान गयो, ५ अर्बको क्षति
हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया