युवाको सक्रियतामा ५ दिनमा ४ हजारलाई निशुल्क खाना

समाधान संवाददाता २०७७ वैशाख १० गते १९:११

पोखरा

लकडाउनका कारण खाना खान नपाएर अप्ठेरोमा परेकाहरुलाई पौरखी स्वयं सेवक समूह पोखराले ५ दिनमा ४३ सय जनालाई निःशुल्क खाना खुवाएका छन् । शनिबार शुरु भएको भएको अभियानमा बुधबार साँझसम्म ४ हजार २ सय ९९ जनालाई खाना खुवाएका हुन् ।

पौरखी स्वयं सेवक समूह सडकमा बस्दै आएका, घरमा खाने कुरा नभएर भोकै बस्नु पर्ने अवस्था आएका, हिडेर गन्तव्य जादै गरेकाहरुलाई खाना दिदै आएका छन् । उनीहरुले खाना पकाएरै प्याक गरेर पु¥याउने गरेका छन् ।

Advertisement

पोखरा ७ शान्ति नगरमा रहेको शान्तिनगर व्याङक्युटमा खाना पकाउनले गरेका छन् । खाना प्याक गरेर खाना नपाएको खबर आएपछि सोही ठाउँका स्थानीय, जनप्रतिनिधि, प्रहरीसँग समन्वय गरेर खाना पु¥याउन गरेको पौरखी स्वयं सेवक समूहका जनक पराजुलीले बनाए । पहिलो चरणमा आफूहरुले नै नगद उठाएर बिहान र बेलुकाको खानाको प्रबन्ध गरेको उनको भनाई छ ।

घरमा चुल्हो बल्नै छाडेको अवस्थामा समूहका सदस्यलाई टेलिफोन वा कुनै माध्यमले सम्पर्क गरे पीडित भएकै ठाउँमा खाना पु¥याउने गरेका स्वयं सेवी समूहका अर्का सदस्य राजु शर्माले बताए । उनले बिहान ८ बजेदेखि १० बजेसम्म साँझ ५ बजेदेखि खाना पु¥याइदिने गरेका छन् । खानाका प्याकेटमा दाल, भात, अचार र तरकारी समावेश गरेर पु¥याउने व्यवस्था गरेको बताए ।

Advertisement

‘यो अवधिमा कोही भोकै बस्न नपरोस् भनेर खाना खुवाउने काम थालेका हौ,’ अर्का सदस्य विष्णु प्रसाद पौडेलले भने ‘धेरै जना भोक भोकै परेको सुने पछि यो अभियान शुरु गरेका हौ ।’ उनले कामका लागि सहयोगी दाता र सहयोगी मन दिन दिनै थपिदै गएको बताए । खान पाएनन् भनेर पनि दिनै पिच्छे बढ्दै गएको उनले बताए । खानै नपाउने अवस्थाको ठूलो परिवार छ भने पोखरा महानगरलाई नै राहतको व्यवस्था गर्न भनेको उनले बताए ।

समूहका अर्का सदस्य खेमराज तिमिल्सिनाले उनले शनिबार बिहान बेलुका गरे ३ सय ११ जना, आइतबार बिहान बेलुका ९ सय ४५ र सोमबार बिहान बेलुका १ हजार ४९, मंगलबार ८ सय ५१ जना र बुधबार १ हजार १ सय ४३ जनालाई खाना पु¥याएको उनले बताए ।

पोखरा महानगरले समन्वयको भूमिका खेलेको छ भने दिदी बहिनी फाउण्डेसनले दैनिक १ सय खानामा सहकार्य गर्दै आएको उनले बताए । पोखरा महानगरमा खानाको लागि ९८५६०२५४९६, ९८५६०३५०५२, ९८५६०७८६४९, ९८५६०३६१७५, ९८५६०३६७३३, ९८५६०५८२८८ मा सम्पर्क गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया