कोरोना कोष मुस्ताङलाई संघीय सांसदले दिए ६ महिनाको तलब

समाधान संवाददाता २०७७ वैशाख १० गते १९:२८

एसके थकाली, जोमसोम

मुस्ताङबाट निर्वाचित संघीय प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचनले मुस्ताङमा गठन भएको जिल्ला स्तरीय कोरोना कहर राहत कोषलाई आफ्नो ६ महिनाको संसद तलब सहयोग गर्ने जनाएका छन् ।

जिल्लास्तरीय कोरोना राहत कोष उपसमितिका संयोजक एवं मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले संघीय सांसदबाट कोरोना कहर राहत कोषलाई ६ महिनाको तलब ३ लाख रुपैया वापतको खाद्यान्न र आर्थिक सहयोग उपलब्ध गराएको बताए ।

Advertisement

गत चैत्त २८ गते मुस्ताङका ५ वटै स्थानीय तहको छलफल र सहमतिमा जिसस मुस्ताङकी प्रमुख छिरिङ ल्हामो गुरुङको अध्यक्षतामा ७ सदस्यीय जिल्ला स्तरीय कोरोना कहर राहत समिति गठन भएको हो ।

समितिमा मुस्ताङका ५ वटा गाउपालिकाका अध्यक्ष र उद्योग वाणिज्य संघका अध्यक्ष सदस्य छन् । उक्त समितिले मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनको संयोजकत्वमा ५ सदस्यीय कोरोना कहर आर्थिक संकलन उपसमिति गठन गरेको थियो । उपसमितिमा वारागुङ मुक्तिक्षेत्रबाट रमेश गुरुङ, लोमान्थाङबाट हिम्जिङ दोर्जे बिष्ट, जिसस उपप्रमुख राजेन्द्र शेरचन र थासाङ गाउपालिकाबाट नरसिंह शेरचन छन् ।

Advertisement

बुधबार जिल्ला स्तरीय कोरोना कहर राहत समितिको दोश्रो पटकमा राहत संकलन तथा राहत कोषमा उठेको रकम सार्वजनिक गरिएको छ । उपसमिति संयोजक खगेन्द्र तुलाचनले कोरोना कहर जिल्ला स्तरीय समितिमा
कुल १७ लाख ५६ हजार ७ सय रकम जम्मा भएको जानकारी दिए ।

कोषमा उठेको रकम मध्ये १५ लाख १४ हजार ७ सय नगद र २ लाख ४४ हजार बराबरको खाद्यान्न प्राप्त भएको उपसमिति संयोजक तुलाचनले बताए । जिल्ला स्तरीय राहत कोषमा थासाङका दाताहरुबाट ३ लाख ५४ हजार उठेको छ ।

जसमा सांसद तुलाचनले २ लाख ४२ हजारको खाद्यान्न उपलब्ध गराएका हुन् ।यस्तै घरपझोङ,लोघेकर दामोदरकुण्ड ५० र वारागुङ मुक्तिक्षेत्रका दाताबाट आर्थिक सहयोग भएको छ । जिल्ला स्तरीय कोरोना कहर राहत समितिले मुक्तिनाथ विकास समितिलाई आर्थिक सहयोग गर्न अनुरोध गरेको छ ।

समितिले यसअघि राहत पाउन बञ्चित भएका अतिविपन्न गरिव र असहाय बर्गको पहिचान गरी आवश्यकता र औचित्यताका आधारमा ५ वटै पालिकामा राहत वितरण गर्ने निर्णय गरेको छ ।

यस्तै समितिले कोरोना रोकथामका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण र व्यवस्थापनका लागि समेत कोषमा उठेको रकम परिचालन गर्ने जनाएको छ

तपाईको प्रतिक्रिया