कुुर्लुङ खोला खानेपानीको महसुलमा छुट
समाधान संवाददाता
२०७७ वैशाख १० गते २०:०९
लेखनाथ
पोखरा महानगरपालिका वडा नंं ३१ मा रहेको कुर्लुङ खोला खानेपानी आयोजना तथा सरसफाई मुल उपभोक्ता समितिले आÇना उपभोक्ताहरुलाई चैत महिनामा १० युनिट बराबरको शुल्क मिनाह गर्ने भएको छ ।
उपभोक्ता समितिको बुधबार बसेको बैठकले उपभोक्ताहरुलाई १० युनिट बराबरको १ सय ७५ रुपैयाँ छुट दिने निर्णय गरेको व्यवस्थापक हरिप्रसाद घिमिरेले जानकारी दिए ।
कोरोनाका कारण उपभोक्ताहरु प्रभावित भएको भन्दै, शुल्क छुटको निर्णय गरिएको घिमिरेले बताए । १० युनिट बराबरको रकम छुट गर्दा ७२ हजार २ सय ७५ रुपैयाँ संस्थालाई व्ययभार पर्ने घिमिरेले बताए । आयोजनाबाट पोखरा महानगरपालिकाको वडा नंं ३१ का पहाडी भेग तथा बेगनासताल क्षेत्रका ४ सय १३ घरपरिवार लाभान्वित हुँदै आएका छन् ।
२०६९ सालदेखि सचालमा आएको खानेपानी आयोजना कास्की रुपा गाउँपालिका हंसपुरको कुर्लुङ खोला मुहान रहेको छ ।
सम्बन्धित









‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया