मुक्तिनाथ विकास बैंकद्वारा लकडाउनमा राहत प्रदान

समाधान संवाददाता २०७७ वैशाख १० गते २०:११

पोखरा


नेपाल सरकारले लागु गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई मुक्तिनाथ विकास बैंकले देशका विभिन्न स्थानमा राहत सामग्री वितरण गरेको छ ।

बैंकको शाखा कार्यालय तुलसीपुरले, तुल्सीपुर उपमहानगरपालिकाको फुड बैंकमा खाद्यान्न सहयोग गरेको छ । उक्त खाद्यान्न सामाग्री बैंकको तुल्सीपुर शाखाका शाखा प्रमुख सरोजकुमार लामिछानेले नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरे ।


बैंकले आगामी लकडाउनको समयमा पनि विपन्न परिवारलाई सम्भव भए सम्मको सहयोग गर्ने बैंकका प्रमुख सूचना अधिकारी तीलबहादुर गुरुङले बताए ।

तपाईको प्रतिक्रिया