पृथ्वी नारायण क्याम्पसमा अनलाइन कक्षा

समाधान संवाददाता २०७७ वैशाख १० गते २०:१७

समाधान संवाददाता

पृथ्वी नारायण क्याम्पसले कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनबाट प्रभावित कक्षाहरु अनलाइन माध्यमबाट पढाउन सुरु गरेको छ । १२ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत क्याम्पसमा सेमेष्टर प्रणालीअन्तर्गत सञ्चालीत कक्षालाई अनलाइन माध्यमबाट पढाउन थालिएको नवनियुक्त क्याम्पस प्रमुख नन्दलाल अधिकारीले जानकारी दिए ।

अनलाइन कक्षा सुरु गर्न नवनियुक्त क्याम्पस प्रमुख अधिकारीले सहायक क्याम्पस प्रमुखहरु, विभागीय प्रमुखहरु र उच्च पदस्थ कर्मचारीसँग परामर्श गरेका थिए । लकडाउनको कारण लामो समयसम्म कक्षा नहुँदा निर्धारित समयमा कोर्स नभ्याउने, विद्यार्थीहरुमा मनोवैज्ञानीक असर पर्न सक्ने र बन्दको समयको उच्चतम प्रयोग होस् भन्ने हेतुले अनलाइन कक्षा सुरु गरिएको उनले बताए।

Advertisement

व्यवस्थापन, मानविकी, शिक्षा र विज्ञान तथा प्रविधि संकाय अन्तर्गतका कक्षा जुम टेक्नोलोजिमार्फत पढाउन सुरु गरिएको हो । जनप्रशासन तर्फको स्नातकोत्तर (एमपीए) कार्यक्रमका निर्देशक सूर्य बहादुर जीसीले वर्तमान परिस्थितिअनुसार नयाँ प्रविधिवाट सञ्चालन गरिएको कक्षाले शिक्षक र विद्यार्थी दुवै लाभान्वित भएको बताए ।

क्षेत्रगत व्यवस्थापन विभागका विभागीय प्रमुख बिष्णुप्रसाद भण्डारीले कोरोना भाइरस नेपालको शैक्षीक क्षेत्रमा प्रविधिको प्रयोगका दृष्टीकोणले अवसरसमेत हुनसक्ने स्पष्ट पारे ।

Advertisement

सहायक क्याम्पस प्रमुख डा. बीरबहादुर कार्कीले व्यवस्थापन संकायका ५५ जना शिक्षकहरु सँग नियमित छलफल भैरहेको बताए । एमपीएतर्फ पहिलो अनलाइन कक्षा संचालन गर्ने शिक्षक दिलिपराज पौडेलका अनुसार कुल विद्यार्थी मध्ये ८० प्रतिशत मात्र विद्यार्थीहरु अनलाइन कक्षामा जोडिएको र त्यसलाई शतप्रतिशत बनाउन प्रयास गरिरहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया