श्रमजीवी पत्रकारलाई पारिश्रमिक दिन समितिको आग्रह

समाधान संवाददाता २०७७ वैशाख १० गते २०:३०

काठमाडाैं

न्यूनतम् पारिश्रमिक निर्धारण समितिले कोरोना भाइरसको जोखिमका बीच कार्यरत पत्रकार र कामदारलाई कतिपय सञ्चार गृहले समयमा पारिश्रमिक नदिएको र जागिरबाट समेत हटाउने काम गरेकामा गम्भीर चासो व्यक्त गरेको छ ।

समितिका अध्यक्ष राजेन्द्र अर्यालले बुधबार विज्ञप्ति जारी गरी यस्तो विषय स्थितिमा कार्यरत्र पत्रकारलाई समयमा पारिश्रमिक नदिँदा र सेवाबाट हटाउँदा पत्रकार र कर्मचारीहरु आर्थिक समस्या झेल्न बाध्य भएकाले उनीहरुको दैनिकी सञ्चालनमा कठिनाइ आएको उल्लेख गरेका हुन् ।

“श्रमजीवी पत्रकार, कामदार र कर्मचारीलाई कामबाट हटाउने कार्य तत्काल रोक्न र पारिश्रमिक नपाएका पत्रकारलाई अविलम्ब पारिश्रमिक उपलब्ध गराउन सम्बन्धित सञ्चारगृहलाई आग्रह गरिन्छ ।” विज्ञप्तिमा भनिएको छ, “अहिलेको संकटपूर्ण अवस्थामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जस्तै जोखिम मोलेर जनतालाई सुसूचित गर्न अहोरात्र कार्य क्षेत्रमा खटिएका पत्रकार, फोटो पत्रकार, कर्मचारीको आवश्यक स्वास्थ्य परीक्षण गरी सुरक्षा सुनिश्चितताका लागि आग्रह गर्दछौँ ।

Advertisement

तपाईको प्रतिक्रिया