श्रमजीवी पत्रकारलाई पारिश्रमिक दिन समितिको आग्रह

काठमाडाैं
न्यूनतम् पारिश्रमिक निर्धारण समितिले कोरोना भाइरसको जोखिमका बीच कार्यरत पत्रकार र कामदारलाई कतिपय सञ्चार गृहले समयमा पारिश्रमिक नदिएको र जागिरबाट समेत हटाउने काम गरेकामा गम्भीर चासो व्यक्त गरेको छ ।
समितिका अध्यक्ष राजेन्द्र अर्यालले बुधबार विज्ञप्ति जारी गरी यस्तो विषय स्थितिमा कार्यरत्र पत्रकारलाई समयमा पारिश्रमिक नदिँदा र सेवाबाट हटाउँदा पत्रकार र कर्मचारीहरु आर्थिक समस्या झेल्न बाध्य भएकाले उनीहरुको दैनिकी सञ्चालनमा कठिनाइ आएको उल्लेख गरेका हुन् ।
“श्रमजीवी पत्रकार, कामदार र कर्मचारीलाई कामबाट हटाउने कार्य तत्काल रोक्न र पारिश्रमिक नपाएका पत्रकारलाई अविलम्ब पारिश्रमिक उपलब्ध गराउन सम्बन्धित सञ्चारगृहलाई आग्रह गरिन्छ ।” विज्ञप्तिमा भनिएको छ, “अहिलेको संकटपूर्ण अवस्थामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जस्तै जोखिम मोलेर जनतालाई सुसूचित गर्न अहोरात्र कार्य क्षेत्रमा खटिएका पत्रकार, फोटो पत्रकार, कर्मचारीको आवश्यक स्वास्थ्य परीक्षण गरी सुरक्षा सुनिश्चितताका लागि आग्रह गर्दछौँ ।







लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया