स्याङ्जा प्रवेश गर्ने अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने

समाधान संवाददाता २०७७ वैशाख ११ गते १४:४१

स्याङ्जा

कोरोना भाइरसको विश्वभर महामारी फैलिरहँदा स्याङ्जामा रोगबाट बच्न र बचाउन थप सर्तकता अपनाइएको छ ।

विगतमा स्वास्थ्य जाँच, माक्स तथा सेनिटाइजरको प्रयोग र बिदेशबाट आएका नागरिकलाई क्वारेन्टाइन तथा टेष्ट गरेको स्याङ्जाले जिल्ला प्रवेश गर्ने सबैलाई क्वारेन्टाइनमा १४ दिन राख्ने र स्वास्थ्य परीक्षण गराएर मात्रै घर पठाउने भएको हो ।

Advertisement

नियन्त्रण, रोकथाम र उपचारलाई मुलुकभर प्रकाभकारी व्यवस्थापन गर्ने उद्देश्यले जिल्ल प्रवेश गर्नेलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङले बताए ।

लकडाउनको अवधिमा अन्य जिल्लाबाट स्याङ्जा प्रवेश गर्नेलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने र स्वास्थ्य परिक्षण गर्ने प्रजिअ कुरुङबाङको भनाइ थियो ।

Advertisement

स्याङ्जा र कास्की जिल्लाको नाका कुभिण्डे तथा पाल्पा र स्याङ्जाको नाका राम्दी हुँदै प्रवेश गर्ने सबैलाई यहाँका पालिकाले निर्माण गरेका क्वारेन्टाइनमा राख्ने र समयअवधि पूरा भएपछि स्वास्थ्य परीक्षण गरी घर परिवारमा रहन पाउने व्यवस्था मिलाइने प्रजिअ कुरुङबाङको बताए ।


पूरा भएपछि आरडिटी र पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएपछि नेगेटिभ आएमा घर पठाइने छ । अत्यावश्यक मालवाहक सवारी, एम्बुलेन्स, मलामीहरुलाई रेकर्ड राखेर भित्रन तथा बाहिरिन दिइने व्यवस्ठा गरिएको छ ।
गर्ने सबै सवारीलाई क्लोरिन स्प्रे गरि व्यक्तिको स्वास्थ्य परिक्षण गर्ने प्रजिअ कुरुङबाङले बताए ।


कोरोना संक्रमितको संख्या बढिरहेका बेला स्याङ्जामा संक्रमण भित्रन नदिन यस्तो कडाई गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कोरोना भाइरसको विश्वभर महामारी फैलिएसगै यहाँ रहेका ११ वटा पालिकाले एक हजार २ सय ६८ जना अट्ने क्वारेन्टाइन निर्माण गरेका छन्

तपाईको प्रतिक्रिया